प्रदेशको राजधानीको नामाकरणको प्रस्ताव २१ गते मागिने, स्थायी राजधानीको मतदान २२ गते

जनपत्र
१७ पुष २०७६, बिहीबार १७:३०

हेटौंडा । प्रदेश नम्बर ३ को कार्यव्यवस्था परामर्ष समितिको वैठकले यही पुस २१ गते वस्ने प्रदेश सभा वैठकमा लैजाने एजेण्डा तय गरेको छ । वैठकले पुस २१ गते प्रदेशको नामाकरणका लागि प्रस्ताव माग्ने निर्णय गरेको छ । प्रदेश ३ को राजधानीका विषयमा भने पुस २२ गते मात्र चुनाव गर्ने निर्णय भएको वैठकमा सहभागि आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो ।

पुस २१ गतेको संसद बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम, प्रदेश प्रमुखको कार्यलयबाट प्रमाणिकरण भएका विधयकको पत्र पढेर सुनाउने, पाँचौ अधिबेशनको विषयमा सवै दलका प्रमुखरुले पाँच अधिवेशनको शुभकामना व्यक्त गर्ने कार्यक्रम परामर्ष समितिको वैठकले निर्णय गरेको जमकट्टेलले वताउनुभयो । त्यसपछी मात्र प्रदेशको नामाकरणका सम्वन्धमा प्रस्ताव माग्ने कार्यक्रम रहने उहाँले वताउनुभयो ।

पुस २१ गतेको वैठकमा के के प्रस्ताव लैजाने भन्ने सम्वन्धी छलफल मात्र भएको नेकपाका प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले वताउनुभयो । राजधानी सम्वन्धी मतदान २२ गते वा पछीको लागि सार्ने विषयमा पनि छलफल भएको पाण्डेले वताउनुभयो ।

पुस २१ गतेको वैठकपछी मात्र २२ गते राजधानी सम्वन्धी प्रस्ताव पेस गर्ने र मतदानको प्रकृया सुरु गर्ने तयारी रहेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ सहित नेकपाका प्रमुख सचेतक रामेश्वर फूयाल, नेता राजेन्द्र पाण्डे, काग्रेशका राधा घले, पुकार श्रेष्ठ, राप्रपाका रिता माझि लगायतका सवैजसो दलको प्रतिनिधित्व हुनेगरी सहभागिता रहेको थियो ।

प्रदेश ३ को कार्यव्यवस्था समितिको बैठकमा राजधानी र नामाकरणको विषयमा अधिकतम सहमति खोजिएको छ। बिहीबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा प्रदेशसभामा नाम र राजधानीको विषय दलहरू बीच सकेसम्म सहमति गरेर भोटिङमा जाने प्रयास भएको बैठकमा सहभागी नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले बताउनुभयो ।

बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले संसद बैठकमा नाम र राजधानीको विषयमा छलफल गर्न समय माग गरेको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रमुख सचेतक रामेश्वर फुयाँलले भने सीधै राजधानी र नामकरण विषय हिउँदे अधिवेशन सुरु भएको भोलिपल्ट पुस २२ गते नै गर्ने गरि मिति तोकेर जान आग्रहका छन्। उक्त विषयमा भने सहमत नभएको र पुस २१ गते ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर टुङ्ग्याउने निर्णय भएको कांग्रेसकी सचेतक घलेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*