नाजिरका फिल्म चलेनन्, भिडियो चले

जनपत्र
१७ पुष २०७६, बिहीबार ०६:४०

अभिनेता नाजिर हुसेनलाई नचिन्ने फिल्मप्रेमी कमै होलान् । रंगमञ्च हुँदै ‘होस्टेल रिर्टन्स’ बाट फिल्म करिअर सुरु गरेका उनी डेब्यू फिल्मबाटै चम्किएका थिए । यसमा उनले मधेशी पात्रको भूमिका निभाएका थिए । यो फिल्मपछि उनलाई सहायक चरित्रमा लिएर फिल्म बनाउने निर्माताको भीड नै लाग्यो । अहिलेसम्म उनले एक दर्जनभन्दा बढी फिल्ममा आफ्नो अभिनय देखाइसकेका छन् ।

केही फिल्ममा उनी हिरोको रुपमा पनि देखिए । ‘होस्टेल रिर्टन्स’ कै निर्देशक सुरज भुषालले फिल्म ‘गाँठो’ मा उनलाई लिड रोलमा ब्रेक दिएका थिए । तर, फिल्मले हलमा घुँडा टेक्यो । यसपछि उनलाई लिड रोलमा लिन निर्माता डराए । नाजिर पनि लिड रोलमै अभिनय गर्ने अडानमा बसेनन् । जस्तो भूमिका अफर भयो, काम गर्दै गए । उनको पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ हो ।

अभिनयको चर्चा हुने गरेको भएता पनि फिल्म सफल नहुँदा निराश हुँदै आएका नाजिर ‘वीर विक्रम २’ बाट हिटको सुख प्राप्त हुनेमा विश्वस्त थिए । फिल्ममा उनी अभिनेता पल शाहको साथीको भूमिकामा थिए । अभिनय ुलाउडु भए पनि फिल्ममा उनको अभिनय दर्शकले रुचाए । तर, कथावस्तु र प्रस्तुतीकरण कमजोर हुँदा फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*