२ नम्बर प्रदेश : मन्त्रीमाथि जाइलागे प्रदेश सभा सदस्य, सुरक्षाकर्मीले जाेगाए

जनपत्र
१६ पुष २०७६, बुधबार ०६:२९

प्रदेश २ मा मन्त्री र प्रदेश सभा सदस्यबीच अघिल्लो आर्थिक वर्षको उपभोक्ता समितिको बक्यौता रकमको विवादमा हात हालाहाल भएको छ ।

मंगलबार दिउँसो प्रदेश सभाको बैठकपछि आआफ्ना बक्यौता रकम भुक्तानीको माग गर्दै प्रदेश सभा अगाडि प्रदर्शनमा उत्रेका उपभोक्ता समितिको पक्ष लिएर कांग्रेसका प्रदेश सभा सदस्य प्रमिला दास पनि प्रदेश सरकारको विरोधमा उत्रनुभएको थियो ।

विरोधकै क्रममा प्रदेश सभाको बैठकबाट नस्कििनेबित्तिकै प्रदेश सभा सदस्य दासको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवसँग विवाद उत्पन्न भएको थियो । विवादकै क्रममा प्रदेश सभा सदस्य दासले मन्त्रीमाथि हात हाल्नैलाग्दा सुरक्षाकर्मीहरुले जोगाएका थिए ।

अघिल्लो आर्थिक वर्षको झण्डै ९७ करोड रुपैयाँ विकास निर्माणको काम गरेका उपभोक्ता समितिको बक्यौता रहेको छ । बक्यौता रकमको मागबारे छानबिन समिति समेत गठन भएको थियो । त्यस समितिले प्रतिवेदन बुझाइसके पनि हालसम्म भुक्तानी हुन सकेको छैन । सोमबार बसेको प्रदेश सभाको बैठक पनि उपभोक्ता समितिकै बक्यौता रकमको माग गर्दै प्रतिपक्षी दल नेकपा र कांग्रेसले अवरुद्ध गरेका थिए ।

मंगलबारको बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिने कार्यक्रम तय थियो । तर मुख्यमन्त्री प्रदेशमा अनुपस्थित भएपछि ५ मिनेटमै बैठक स्थगित भएको थियो ।उक्त आन्दोलनप्रति प्रतिपक्षी दल सहित प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश यादव र राजपा सांसद उपेन्द्र महतोले समर्थन जनाइ सकेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*