हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

जनपत्र
१५ पुष २०७६, मंगलवार १६:०१

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली भुमिबाट भारतिय सेना हटाउन आग्रह गर्नुभएको छ । नेकपा हेटौंडा उपमहाँनगरपालिका भित्रका वडा कमिटीहरुको संयुक्त सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले कालापानी नेपालको रहेको वताउनुभयो ।

नेपाली भुमिमा रहेका भारतिय सेना हटाउनका लागि आग्रह गर्नुभयो । नेपाल भारत सिमाका ७० प्रतिशत पिल्लर मात्र बाँकी रहेको वताउँदै उहाँले भन्नुभयो–‘नाकाका अरु सवै पिल्लरहरु हटाईसकिएको छ । सिमा समस्या छ । तर, वार्ताबाटनै यसको निकास खोज्नुपर्छ ।’ राष्ट्रियताको पक्षम प्रतिपक्ष संग मिलेर जान सकिने उहाँले वताउनुभएको छ ।

पहिले देखिनै नेकपाको वर्चस्व रहेको स्थानमा उपचुनामा हार वेहोरेकाले अव सचिएर अगाढी वढ्नुको विकल्प नभएको नेता नेपालले वताउनुभयो । आफुहरु कसैको विरुद्धमा पनि गठवन्धन वनाएर नजाने वताउँदै नेता नेपालले भन्नुभयो–‘हामी कसैका विरुद्धमा पनि गठवन्धनमा लाग्दैनौ । राष्ट्रियताको पक्षमा सवैसंग मिलेर जान्छौ ।’ अहिलेको समयमा नयाँ ढंगले पार्टी निर्माण हुँदे गरेको नेता नेपालले वताउनुभयो ।

नेता माधवकुमार नेपालले पार्टी विधिमा नचलेको आरोप लगाउनुभयो । उहाँले पार्टी विधि भन्दा बाहिर गएको घुमाउरो तरिकाले चलेको वताउँदै भन्नुभयो–‘‘पार्टीलाई कसरी विधिमा राख्ने मेरो दिमागमा घुमिरहेको छ । पार्टीलाई देशकै ठूलो बनाउन विधिमा ल्याउन जरुरी छ ।’

नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताउनुभयो । नेता नेपालले पार्टीको क्रियाकलाप देखेर चित्त दुखेको बताउनुभयो । पार्टीमा जुनियरलाई काखा र सिनियरलाई पाखा लगाएको उहाँको आरोप छ ।

नेकपा संधै देशको ठूलो पार्टी हुने बताउँदै जनताको विश्वास र भरोसा जितेको कारण नेकपा देशकै सर्वश्रेष्ठ पार्टी रहनेमा कुनै दुइमत नभएको वताउनुभयो ।

नेकपाको केन्द्रदेखि जिल्ला कमिटी धेरै ठूलो संख्याको भएपनि पछि घटाउँदै लगिने बताउनुभयो । पूर्व एमाले र माओवादी एकतालाई मिलाउन केन्द्र र जिल्ला कमिटीको संख्या ठूलो भएको उनले स्पष्ट पार्नुभयो । अब पार्टीमा प्रतिस्पर्धा गरेर कमिटीमा स्थान बनाउनु पर्ने वताउनुभयो ।

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदान सहायता नेपालले स्वीकार गर्नु नहुने बताएका छन् ।
मंगलबार हेटौंडामा पार्टीका वडा कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा नेपालले पाँच वर्षभित्र नेपालमा करिब ५५ अर्ब रुपैयाँ खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालकै लागि घातक हुने दाबी गरे।
नेता नेपालले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै त्यसलाई स्वीकार गर्नु असंलग्न परराष्ट्र नीति विपरीत हुने दाबी गरे। एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे नेकपामा बहस चलिरहेकै बेला नेपालले भने, ‘एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको छ र यो रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध उभिएको छ। यसरी कसैको विरुद्ध खडा भएको गठबन्धनको अनुदान हामीले स्वीकार गर्नु हामीलाई घातक हुन्छ।’

उनले इन्डो प्यासिफिक रणनीति भनेको अरुलाई पराजित गरी अमेरिकालाई शक्तिशाली बनाउने रणनीतिमा बनेको गठबन्धन भएको दाबी गरे।

कार्यक्रमको अबसरमा नेता नेपालले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराउनुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश ३ सहइञ्चार्ज काशीनाथ अधिकारी, नेकपा केन्द्रीय सदस्य केदार न्यौपाने, विरोध खतिवडा, कुमारी मोक्तान, डोरमणि पौडेल, रामनारायण विडारी, लगायतले आफ्ना धारणा राख्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*