२०१९ मा बलिउड फिल्मले कमायो ५ हजार ५ सय करोड

जनपत्र
१५ पुष २०७६, मंगलवार ०६:०१

२०१९ मा हिन्दी बक्सअफिसमा रिलिज भएका २४६ फिल्म ‘हलिउड र अन्य भाषाका हिन्दी भर्जनसहित’ ले संयुक्त रुपमा ५ हजार ५ सय करोडको व्यापार गरेको छ । तर, २४६ फिल्ममध्ये २०१९ मा मात्र ३४ फिल्म सफल भएका छन् । अर्थात् सफल फिल्मको प्रतिशत १३।८२ प्रतिशत रहेको बलिउड भाष्करको समाचारमा उल्लेख छ । ८६। १८ प्रतिशत फिल्म फ्लप भए ।

२०१९ मा ठूलो बजेटमा बनेका पाँचवटा फिल्म फ्लप भएका छन् । यस वर्षको सबैभन्दा ठूलो डिजास्टर फिल्मको सूचीमा ‘कलंक’ पहिलो नम्बरमा छ । अभिषेक वर्मन निर्देशित यो फिल्ममा सञ्जय दत्त, माधुरी दीक्षित, वरुण धवन, आलिया भट्ट, आदित्य रोय कपूर र सोनाक्षी सिन्हा प्रमुख भूमिकामा थिए । फिल्मलाई खराब प्रतिक्रिया मिलेको थियो । जसकारण फिल्म असफल भयो ।

‘पानीपत’ पनि यस वर्षको सबैभन्दा ठूलो डिजास्टर फिल्ममध्ये एक हो । रिलिजपूर्व यो फिल्मलाई ‘स्योर सट हिट’ भनिएकोे थियो । फिल्मलाई क्रिटिक्सले रुचाएका पनि थिए । तर, दर्शकबाट मिश्रित प्रतिक्रिया पाउँदा फिल्मले बक्सअफिसमा ५० करोड पनि कमाउन असफल रह्यो । आशुतोष गोवारिकर निर्देशित फिल्ममा अर्जुन कपूर, सञ्जय दत्त र कृति सेनन प्रमुख भूमिकामा थिए ।

अभिनेत्री कंगना रनावट अभिनीत फिल्म ‘मणिकर्णिका स् द क्वीन अफ झाँसी’ पनि २०१९ को सबैभन्दा आश गरिएको फिल्म थियो । तर, फिल्म बक्सअफिसमा असफल भयो । दर्शक र क्रिटिक्सबाट राम्रो प्रतिक्रिया बटुल्दा पनि फिल्मले चलेन । कतिपयले यो फिल्मले राम्रो व्यापार गर्न नसक्नुको पछाडि निर्देशक कृष र कंगनाबीचको विवादलाई प्रमुख कारण मानेका छन् ।

अनीस बज्मी निर्देशित ‘पागलपन्ती’ पनि यस वर्षको सबैभन्दा ठूलो डिजास्टर फिल्म हो । फिल्मलाई समीक्षकबाट निकै खराब रिभ्यू मिलेको छ । साथै, फिल्मको माउथ पब्लिसिटी पनि राम्रो थिएन । जसको सिधा असर फिल्मको व्यापारमा पर्‍यो । यसमा अनिल कपूर, जोन अब्राहम, अरशद वारसी, इलियाना डिक्रूज, उर्वशी रौतेला, पुलकित सम्राट प्रमुख भूमिकामा थिए ।

त्यस्तै, ‘स्टूडेन्ट अफ दि ईयर’ को सिक्वेल पनि २०१९ को ठूलो बजेटमा निर्माण भएको असफल फिल्ममध्ये एक हो । फिल्मलाई समीक्षकबाट मिश्रित प्रतिक्रिया मिले पनि दर्शकले भने मन पराएनन् । माउथ पब्लिसिटी कमजोर हुँदा फिल्म बक्सअफिसमा नराम्रोसँग पछारियो । पुनीत मल्होत्रा निर्देशित फिल्ममा टाइगर श्राफ, तारा सुतारिया र अनन्या पान्डे प्रमुख भूमिकामा थिए । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*