राजधानी हेटौंडा तोक्ने निर्णयको उपमहानगरपालिकाद्वारा स्वागत

जनपत्र
१३ पुष २०७६, आईतवार १४:१९

हेटौंडा । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णको हेटौंडा उपमहानगरपालिकाले स्वागत गरेको छ । उपमहानगरपालिकाको कार्यपालिकाको वैठकले स्थायी राजधानी हेटौंडा राख्ने निर्णणको स्वागत गरेको हो । विगत दुईवर्ष देखि प्रदेशको अस्थायी राजधानीका रुपमा रहेको हेटौंडालाई स्थायी राजधानी वनाउन निर्णयको स्वागत गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

प्रदेशभरीमा उपमहानगरपालिकालाईनै केन्द्र मानेर स्थायी राजधानी तोकिएकोमा खुसी रहेको वताउँदै मेयर महतले भन्नुभयो–‘हेटौंडा देशकै प्रचुर संभावना भएको शहर हो । सफा र सुन्दर शहरीका रुपमा विकास गर्न लागिपरेका छौ । त्यसमा पनि प्रदेशको स्थायी राजधानीका लागि नेकपाको सचिवालय वैठकले निर्णय गर्दा निकै खुसी छौ ।’ प्रदेशको स्थायी राजधानी हेटौंडा तोक्ने काम संगै नाम वागमती प्रदेश राख्ने निर्णय समेत गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकाको आजको कार्यपालिकाको वैठकले नेपाल भ्रमण वर्ष २०२० लाइ भव्य रुपमा सफल वनाउन लाग्ने निर्णय गरेको छ । हेटौंडाको शहिद स्मारक, गुम्वाडाँडाको मुर्ति वगैचा र चुरीयामाईको शुरुङलाई प्रमुख पर्यटकिय गन्तव्यका रुपमा छनौट गरिएको छ ।

अझै हेटौडाका संभावना बोकेका क्षेत्रलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नका लागि विभीन्न कार्यक्रम गरिने मेयर महतले वताउनुभयो । पर्यटन वर्ष सफल वनाउन विभीन्न समिति गठन गर्ने, ब्रोसर निकाल्श्नेटोल विकास संस्था, सामुदायिक वनलाईए परिचालन गर्ने, होमस्ट्रे तालिमहरु सञ्चालन गर्ने लगायतका काम पर्यटन वर्षलाई लक्षित गरेर उपमहानगरपालिकाले गर्न लागेको छ ।

नेकपा सचिवालय वैठकको निर्णय जनसरोकार केन्द्र मकवानपुरद्वारा स्वागत

प्रदेश राजधानी हेटौंडा कायम गर्ने नेकपा सचिवालय वैठकको निर्णयको जनसरोकार केन्द्र मकवानपुरले स्वागत गरेको छ । केन्द्रका संयोजक धुर्व प्रसाद चौलागाईले विज्ञप्ती जारी गर्दै यसको स्गात गर्नुभयो । प्रदेश नम्बर तीनको अस्थायी राजधानी हेटौंडा कायम गर्नुपर्दछ भन्दै शुरु गरिएको अभियान सार्थक भएको उहाँले वताउनुभयो ।

हेटौंडालाई अस्थायी राजधानी तोकिएसंगै स्थायी वनाउनु पर्दछ भनि बिभिन्न चरणमा अभियान संचालन गरेको वताउँदै चौलागाईले भन्नुभयो– हामीले संचालन गरेको अभियानलाई ठिक भन्दै आज तीन नम्बर प्रदेश सभामा दुई तिहाई वहुमत भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले हेटौडालाई स्थायी राजधानी वनाउने निर्णय गरेकोमा उक्त निर्णय संघियताको पक्षमा, उपत्यकामा भएको सबैखाले चापलाई न्युनिकरण गर्ने पक्षमा, केन्द्रिकरणको पक्षमा भएकोले हामीहरु स्वागत गर्दछौं ।’

हेटौंडालाई तीन नम्बर प्रदेशको राजधानी कायम गर्ने निर्णय तुरुन्तै प्रदेश सभाको वैठक वसी संविधान र कानून बमोजिम चांडो भन्दा चांडो अनुमोदन गर्न समेत प्रदेश नम्बर तीनको सरकारसंग माग गर्ने उहाँले वताउनुभयो ।

प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्देशन दिने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरु एकमत नहुँदा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन ।

नेपाल मण्डल, नेवा ताम्सालिङ वा बाग्मती के नाम राख्ने भन्नेमै नेकपाका सांसदहरुबीच विवाद थियो । यस्तै राजधानीका विषयमा पनि उनीहरुभित्र काभ्रे, भक्तपुर, हेटौँडा कहाँ राख्ने भन्नेमा विवाद थियो । प्रदेश सांसदहरुबीच विवाद हुँदा नामाकरण र राजधानी तोक्न ढिलाइ भएपछि नेकपाको सचिवालय बैठकले प्रदेश सभा दल र प्रदेश कमिटीलाई आफूले गरेअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।

प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवालय बैठकले नाम र राजधानी टुङ्गो लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो । नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेश सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउने छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुङ्गो लगाउन प्रदेश सभाबाट कठिन भएकाले पार्टीले नै निर्देशन दिनुपर्ने भन्दै अध्यक्षसामु प्रस्ताव राख्नुभएको थियो । मुख्यमन्त्रीकै आग्रहबमोजिम नेकपाले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदै त्यसैअनुसार आफ्ना सांसदलाई अघि बढ्न निर्देशन दिएको हो ।

सचिवालय बैठकमा सभामुख चयन र राष्ट्रिय सभा चुनावका विषयमा भने समय अभावका कारण कुनै छलफल हुन नसकेको नेकपाका महासचिव विष्णु पौडेलले बताउनुभयो ।

यस्तै बैठकमा एमसीसीका बारेमा छलफल हुने भनिएको भए पनि यो विषयमा पनि छलफल नभएको उहाँले जानकारी दिनुभयो । एमसीसीको बारेमा पार्टीको स्थायी कमिटी बैठकले यस अघि निर्णय गरे अनुसार नै सचिवालय बैठकमा पनि निर्णय हुने पौडेलले बताउनुभयो ।

प्रदेश नम्बर ३ ले एक साताभित्र स्थायी नाम र राजधानी पाउने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले पुस २० गतेभित्रै नाम र राजधानी टुंगो लाग्ने बताउनुभयो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम बागमती र प्रदेश राजधानी मकवानपुरको हेटौंडालाई बनाउने निर्णय गरेको छ।

उक्त निर्णयलाई सार्वजनिक भने गरिएको छैन। पार्टी सचिवालयले नाम र राजधानीबारे निर्णय गरेको जानकारी आफूले पाएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

‘पुस २० गते अघि नै संसद बस्छ। संसदबाटै नाम र राजधानी टुंगो लगाउँछौं,’ उनले भने, ‘अब ढिला हुँदैन।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा निर्वाचनअघि प्रदेशको केन्द्र तोकेको थियो। त्यसबेला प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएको थियो। प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपर्युक्त हुने निष्कर्ष निकालेको हो।

सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन्। प्रदेश १, २, ३ र ५ ले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन्। प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।

राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*