सबेरै किन बास्छ भाले ? यस्तो छ रहस्य !

जनपत्र
१२ पुष २०७६, शनिबार ०६:०३

भाले अर्थात कुखुराको बारेमा हामी सबैलाई थाहा नै छ । कुखुरा नेपालीहरुको घर(घरमा पालिने पंक्षी पनि हो । खास गरि यसलाई पहिले(पहिले घरको शोभा बढाउन, समय बताउन र प्राय मासुको लागि पाल्ने गरिन्थ्यो ।

अहिले कुखुरा बास्नुमा खासै वास्ता नगरे पनि यसले धेरै नै महत्व राख्दछ । जुन बेला घडी तथा समय बताउने प्रविधिको कुनै पहुुँच थिएन त्यो बेला समय सूचकको रुपमा कुखुरालाई लिईन्थ्यो । कुखुरा बासेको संगीत पनि रमाइलो र प्रिय हुन्छ । सायद यहि कारणले होला कुखुरा सुन्दर र लोकप्रिय छ ।

भाले अर्थात् कुखुरामा जन्मजात गुण हुन्छ । त्यसको मस्तिष्कमा एउटा तत्व हुन्छ जसको विकासले भाले वयस्क भए पछि समय(समय अर्थात् विहान र दिउसो बास्ने गर्दछ । तर जब राति हुन्छ भाले बास्दैन । यदि भाले राती बास्यो भने त्यसलाई अशुभ मानिन्छ ।

भाले होस् या कुनै पनि पंक्षी तथा जनावर ले समयको प्रहर थाहा पाउँछन । घाम लागेको दिन होस् वा बादलले ढाकेको दिन किन नहोस् उनीहरुले अहिले कति समय भयो भन्ने कुरा सहजै थाहा पाउँछन् ।

विहान उज्यालो भएको उनीहरुले थाहा पाउछन र संकेत दिन्छन । त्यहि संकेत स्वरुप भाले बिहानै बास्ने गर्दछ। तर दुर्भाग्यवस आजभोलीको प्रविधिले गर्दा जनावरहरुमा भएको प्राकृतिक चेतना हराउँदै गएको छ ।

उनीहरुसँग हुने इन्द्रियले काम गर्न छोडेको छ । कुखुरा राति बास्नु को कारण पनि त्यहि मानिन्छ तर पुरातन सोच भने राति भाले बास्यो भने कुनै संकट भित्रिने कुरालाई विश्वास गर्ने गरिन्छ ।

हामीले यसलाई प्राकृतिक प्रभाव र आधुनिक असर मान्न सकिन्छ तर कुनै बेला कुनै गलत समयमा कुखुरा बास्यो भने कुखुरा को स्वास्थ्य स्थिति ठीक छैन भन्ने बुझ्नु आवश्यक हुन्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*