राजपा सरकारमा सहभागी हुने

जनपत्र
११ पुष २०७६, शुक्रबार ०६:२१

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल संघीय सरकारमा सहभागी हुने संकेत गरेका छन् । पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको सहयोग गर्न सकिने उनको भनाइ छ ।

‘सरकारले सकारात्मक व्यवहार गरे हामी पनि सरकारमा जान सक्छौं,’ महतोले भने, ‘सरकारले जस्तो व्यवहार गर्छ, हामी पनि त्यसरी नै व्यवहार गर्छौं । तर, उधारो सहमति गरिँदैन ।’ राजपाले उठाउँदै आएको माग सम्बोधन नभए पार्टी सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे । राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएमा पार्टीले पनि सोहीअनुसार सहयोग गर्दै अगाडि बढ्न सक्ने उनले बताए ।

संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा लागेका झुटा मुद्दा फिर्तालगायत माग राजपाले उठाउँदै आएको छ । सरकार यी माग सम्बोधन गर्न तयार भएको खण्डमा राजपाले पनि सरकारलाई सहयोग गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*