आयो दिशाको बागी ३ वाला भिडियो

जनपत्र
११ पुष २०७६, शुक्रबार ०६:००

टाइगर श्राफको फिल्म बागीमा मुख्य र बागी–२ मा समानान्तर भूमिकामा उनको नायिकाको रूपमा दिशा पटानी थिइन् । तर, बागी ३ मा मुख्य भूमिकामा अभिनेत्री श्रद्धा कपुरलाई लिइयो । फिल्ममा दिशाको भूमिका छैन भनिएको बेला उनी पनि महत्वपूर्ण भूमिकामा भएको भिडियो बाहिर आएको छ ।

यो भिडियो अभिनेत्री दिशाले अब बागी ३ को पालो भन्दै यसमा आफूले काम गरेका केही दृष्यहरू राखेकी छन् । अहिलेसम्म बागी ३ मा दिशा छैनन् भनिएकोमा फिल्म रिलिजको दुई महिनाअघि यी अभिनेत्री आफैंले बागी ३ मा आफू भएको खुलासा गरेकी छन् ।

तर, यो फिल्ममा उनी कुन र कस्तो भूमिकामा छिन् भन्ने खुलाइएको छैन । निर्माण पक्षले पनि यो कुराको खुलासा गरेको छैन । उनले किन यसरी आफू फिल्ममा भएको दाबीसहित भिडियो सार्वजनिक गरिन् भन्ने विषय यनतिबेला चर्चामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*