‘चपली गर्ल’ विनिताले दिइन् छोरीलाई जन्म

जनपत्र
११ पुष २०७६, शुक्रबार ०५:५९

गएको दशैंमा आफू गर्भवति भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी अभिनेत्री विनिता बरालले क्रिसमस डेको अघिल्लो दिन ९मंगलबार० छोरीलाई जन्म दिएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू छोरीको आमा भएको जानकारी दिएकी हुन् । छोरीसँगको फोटो साझेदार गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् ।
उनले छोरीको नाम ‘काया’ राखिएको पनि खुलाएकी छन् । अस्पतालको बेडमा खिचिएको तस्विरमा उनी छोरीसँग निकै खुसी मुद्रामा देखिएकी छन् । अहिले सामाजिक सञ्जालमा उनलाई आमा बनेकोमा फिल्मकर्मी र शुभचिन्तकहरुले बधाई दिइरहेका छन् । यस वर्षको जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् ।
गएको ७ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि विनिता एकाएक चर्चामा आएकी थिइन् । त्यसपछि नेपाली फिल्ममा उनको राम्रो डिमान्ड थियो । तर, संख्यात्मक अभिनयमा जोड दिँदा उनी नेपाली फिल्ममा लामो रेसको घोडा बन्न सकिनन् । लगातार फिल्म फ्लप हुन थालेपछि उनले केही वर्ष टोखामा तरकारी खेती समेत गरेकी थिइन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*