५ दिनमा ‘दबंग ३’ ले पार गर्‍यो सय करोड

जनपत्र
१० पुष २०७६, बिहीबार ०५:५७

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ ले प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । कमजोर ओपनिङ गरेको फिल्मले पहिलो दिन बक्सअफिसमा २४ करोड ५० लाख, दोस्रो दिन २४ करोड ७५ लाख, तेस्रो दिन ३१ करोड ९० लाख र चौथो दिन १० करोड ७० लाख छापेको थियो । फिल्मले पाँचौ दिन १२ करोड कमाउँदै सय करोडमा नाम लेखाएको हो ।

फिल्मले पाँच दिनसम्म घरेलु बजारबाट १ सय ३ करोड ८५ लाखको व्यापार गर्न सफल भएको भारतीय अनलाइन कोइमोइले जनाएको छ । आइतबार फिल्मले कमाईमा ठूलो उछाल ल्याएको थियो । तर, सोमबार फिल्मको कमाई ठूलो गिरावट आयो । मंगलबार चौथो दिनको तुलनामा २ करोड बढी कमाएको फिल्मले बुधबार २० करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ ।

‘दबंग ३’ सँगै अभिनेता सलमान खानको लगातार १५ वटा फिल्मले सय करोड कमाउन सफल भएको छ । बलिउडका उनी नै पहिलो अभिनेता हुन्, जसको १५ वटा फिल्म सय करोड क्लबमा सामेल भएको छ । दर्शकबाट मिश्रित प्रतिक्रिया प्राप्त फिल्मलाई समीक्षकले भने कमजोर भनेका छन् । यो फिल्मको लाइफटाइम कलेक्सन डेढ सय करोडको आसपास हुने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*