मकवानपुरमा कुनै हवाई दुर्घटना भएकाे छैन : त्रिभुवन विमानस्थल

मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा आगोको मुस्लो देखिएको छ ।
जनपत्र
९ पुष २०७६, बुधबार १३:३९

मकवानपुर – मकवानपुरमा हवाई दुर्घटना नभएको त्रिभुवन विमानस्थल कार्यालयले स्पष्ट पारेको छ । मकवानपुरको गढी गाउँपालिका ७ को बतासे डाँडामा धुँवाको मुस्लो देखिएपछि हवाई दुर्घटना भएको आशंका गरिएको थियो ।

स्थानीयवासीले ठूलो आवाज आएकोले दुर्घटना भएको हुनसक्ने बताए पनि त्यस्तो कुनै दुर्घटना नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
यसैगरी मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार विहान आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका १२ र मकवानपुरगढी गाउँपालिकाको सीमाना चापकी भन्ने ठाउँमा जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् ।

आगो लागेको स्थान मानव बस्तीदेखि टाढा भएकाले के जलेको हो भन्नेबारे यकीन भइसकेको छैन । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ठिंगन र चौघडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।
मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश सिंहले प्रहरी घटनास्थलमा पुगेपछि मात्र घटनाबारे थाहा हुने बताउनुभयो । जंगल क्षेत्रमा डढेलो लागेको हुनसक्ने उनले अनुमान गरेका छन् ।

आगोको मुस्लो देखिएपछि कतिपयले विमान दुर्घटना भएकोसम्म अनुमान गरे । त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलरले सबै विमान सम्पर्कमा रहेकाले विमान दुर्घटना नभएको बताएको छ । हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ७ वतासेडाँडामा डढेलो लागेको छ । स्थानीय वासिन्दाहरुले ठुलो आवाज संगै धुवाको मुस्लो आएको भनेपनि डढेलो लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो ।

स्थानीयले विमान दुर्घटना भएको भनेपछी प्रहरी टोली घटना स्थमा पठाइएको तर, डढेलो लागेको पाइएको वताउँदै उहाँले भन्नुभयो–आज बिहान देखि तीन घण्टा तनाव मात्र भयो । डढेलो लागेको प्रस्ट भएको छ ।’

स्थानीयबासीले जहाज वा हेलिकोप्टर दुर्घटना आशंका गरेपछि प्रहरी त्यहाँ परिचालित भएको हो। मकवानपुरगढीको सुकौरा र बकैया १२ ठिङ्गनको सिमानामा जहाज दुर्घटना भएको आशंका गाउँलेले गरेका थिए। तर मध्यान्ह १२ बजे देखिएको उक्त धुवाँको मुस्लो जहाज दुर्घटनाबाट नभइ डँढेलोबाट देखिएको प्रहरीले जनाएको छ।

गाउँलेले जहाज दुर्घटनाको अनुमान गरेपछि प्रहरी चौकी चौघडा र ठिंगनबाट उक्त स्थानतर्फ पुगेको टोलीले धुवाँको मुस्लो जंगलमा लागेको डढेलोबाट निस्किएको पत्ता लगाएको छ। धुवाँको मुस्लो देखिएपछि स्थानीयबासी नेत्र कार्की घटनास्थलमै पुगेको प्रहरीले जानकारी दिएको छ। प्रहरीलाई स्थानीय कार्कीले दिएको जानकारी अनुसार डढेलो लागेर आगोसहित धुवाँको मुस्लो देखिएको हो।

प्रहरी चौकी चौघडा, र ठिंगनबाट डँढेलो लागेको स्थानमा प्रहरी गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए। बतासे डाँडामा स्थानीयसमेत ठूलो संख्यामा जाने क्रम छ। प्रहरीले संयमता अपनाउन अनुरोध गर्दै कुनै दुर्घटना नभएको बताएको छ। यस्तै त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलरले सबै विमान सम्पर्कमा रहेकाले दुर्घटना नभएको जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*