अनौठो कालो भाले जसको मूल्य पर्छ २ लाख ५० हजार

जनपत्र
९ पुष २०७६, बुधबार ०६:५३

कुखुराको रंग जुन सुकै पनि हुन सक्छ तर कुखुराको मासु भने रातो नै हुन्छ, यो कुरा सबैलाई थाहा नै छ । तपाइलाई कुखुराको कालो मासु हुन्छ भन्दा अचम्म लाग्ला । तर यो साँचो हो । इन्डोनेसियामा एउटा यस्तो कुखुरा पाइन्छ, जसको प्वाँख मात्र कालो होइन मासु पनि कालो नै हुन्छ ।

यसको मूल्य पनि निकै महँगो छ । इन्डोनेसियामा रहेको उक्त ब्ल्याक ककपोड सिम्यानी जातको भालेको मुल्य २ लाख ५० हजार पर्छ । यसको मासु र हड्डी समेत कालो हुन्छ । यो कुखुरा युरोपमा समेत उत्पादन गरिएको छ । एउटा कुखुराको भालेको मुल्य दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी पर्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*