झगडा मिलाउन गएका प्रहरीकै बाइक चोरी

जनपत्र
९ पुष २०७६, बुधबार ०६:४९

सुनसरीस्थित भोक्राहा प्रहरी चौकीकै मोटरसाइकल चोरी भएको छ। सोमबार राति भोक्राह नर्सिङ सडकखण्डमा गस्ती गर्ने क्रममा निलो रंगको अपाची बाइक चोरी भएको हो। भोक्राहा प्रहरी चौकीको बा। २ ब ५६३९ नम्बरको बाइक राति ११ बजे महेन्द्र राजमार्ग अन्तर्गतको चिरौली चोकबाट हराएको हो।
राति ११ बजेको समयमा भोक्राहमा स्थानीयको झगडा मिलाउन चढेर गएको बाइक चोरी भएको हो। बाइकमा असई मोहन कार्कीसहित एकजना सिपाही सडकनजिकै बाइक राखेर झगडा मिलाउन लागेका थिए। तरपछि फर्केर आउँदा बाइक राखेको ठाँउमा नभेटिएको बताइएको छ। रातिको समयमा बाक्लो हुस्से लागेकाले समेत मोटरसाइकल खोजी गर्न समस्या परेको भोक्राहा प्रहरीको भनाई छ। मोटरसाइकल हराएको विषयमा खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*