प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे देउवा

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्ने देउवा प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पनि सँगै थिए ।
सत्तारुढ दलका दुई अध्यक्षसहित प्रतिपक्षी दलका नेताले समसामयिक राजनीतिक घटनाका बारेमा छलफल गरेका थिए ।यो भेट नियमित भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, अर्का अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीचको भेटमा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको बताए ।