समुहमा वसेका महिला समाजका हरेक काममा सक्रिय

प्रतिक्षा भट्टराई
८ पुष २०७६, मंगलवार १८:१६

मकवानपुर जिल्लाको सदरमुकाम हेटौडाबाट २० किलो मिटर दक्षिण पर्ने दियालि दमार भौगोलिक दृष्टिकोणले हेर्दा चारैतिर पहाडले घोरिएको र केहि भिरालो परेको, जनजाति समुदायको बहुल्यता रहेको उक्त स्थानमा कृषिमा मकै , कोदो र धान उत्पादन हुने गर्छ । यसै स्थानमा बसोबास गदै आइरहेका ४६ बर्षको श्री सोम बहादुर वाईबा सयुक्त परिवारका मध्यम बर्गिय कृषक हुन् । परम्परागत रुपमा कृषि खेति गदै आएका पढाई साक्षर ,रुची समाज सेवा रहेकाले पुर्खाको परम्परागत खेति प्रणालीलाई अंगाल्दै आधुनिक कृषि प्रविधि अपनाउने र व्यावसाय गर्ने रहेको छ ।

उहाँ भन्नु हुन्छ ­यस ठाउँ धेरै संस्था आए तर सांची नै भन्ने हो भने नारी सिप सृजना केन्द्र नेपालले ब्ध्इ क्ष्लतभचलबतष्यलब िको समझेदारितामा मकवानपुर जिल्लामा संचालित मिती २०७५।१२।०५ गतेबाट गठित साजवोटे सामुदायिक छलफल केन्द्र संचालित हुदै आईरहेको छ । प्रत्येक महिना बैठक संचालन आउट रिच संयोजक प्रतिक्षा भट्टराई र सहजकर्ता सृजना दंगालबाट विभिन्न विषयहरुमा छलफल जस्तै ः विदेश गएर फर्किएको व्यक्तिहरुको अनुभब सुन्ने मौका, एच .आइ. भी. एडस भनेको के हो,सर्ने तरिका ,लक्ष्ण र बच्ने उपायहरु, लागुऔषधको अवस्था र प्रकार, वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले थाहा पाउनु पर्ने महत्वपूर्ण सूचनाहरु र बाल विवाह तथा बहु विवाहको कानुनी व्यवस्था, महिला हिंसा र यसबाट पर्ने प्रभाव, मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा भएका मुल कानुनी व्यवस्था आदी बिषयमा बैठकमा छलफल गरिन्छ । यसरी धेरै जान्नै पर्ने कुरामा जानकारीे र बुझको बताउनु भयो । साजवोटे सामुदायिक छलफल केन्दबाट यस्ता चेतनामुलक विषयहरु सिक्न पाउदा धेरै खुशी लागेको छ ।

साजवोटे सामुदायिक छलफल केन्द्र कै सहयोगबाट हेटौडा उपमहानगरपालिकाको वडा नं. १७ को वडा कार्यालयसम्म पुगी वडा अध्यक्षस“ग आगामी आर्थिक वर्षको बजेटमा बैदेशिक रोजगारमा गएका, बैदेशिक रोजगारबाट फर्किएका र वैदेशिक रोजगारमा संलग्न हुन सक्ने व्यक्तिहरुको लागि आयआर्जन सम्बन्धी कार्यक्रम सञ्चालन र उद्धार सहयोग गर्नका लागि बजेट विनियोजनको लागी माग समेत गर्न सक्ने भयौ । मैले यस संस्थाबाट मौसमी तथा बेमौसमी दिगो तरकारी खेति सम्बन्धी तालिम लिने मौका पाए जस्ले गर्दा आधुनिक तरिकाले तरकारी खेति गर्न सिके र यसै परियोजना अन्तरगत करेला र टमाटर विउ पनि पाए यसले मलाई तालिममा सिकाइका प्राबिधिक बिधिलाई प्रयोगमा ल्याई व्यवसाय रुपमा अगाडी बढ्न सहगोग भएको छ । मेरो परिवारिक अवस्था सयुक्त रहेकोले अहिले बिस्तारै आर्थिक स्थिती सामान्य बन्दै गएको छ ।

साची नै आज मलाई यो समुहले खुशी भएर बाच्न सिकाएको छ, पहिले म र अहिलेको म मा धेरै सकरात्मक सोच सहित परिर्वतन ल्याएको छ । यस समुहमा बसेर धेरै कुरा सिक्ने मौका पाएको छु । तालिम पछि मैले तरकारी खेति अझै राम्रोसंग व्यवसाय रुपमा गर्न सकेको छु र समुहमा पनि मैले सिकेको कुरा मेरो समुदायलाई सिकाउने मौका पाएको छु । वैदेसिक रोजगारमा जाने मानिसलाई जानु भन्दा पहिले के ,के कागजपत्र चाहिन्छ ,ठगी ,वेचविखन सम्बन्धी अरुलाई समेत बुझाउन सक्ने भएको छु । गाउमा आएको समस्या समुहमा बसेर छलफल र समाधान गर्न सक्ने भएको छु त्यसैले म मा परिर्वतन साची नै आएको छ त्यसैले म हृदय देखी नै नारी सिप सृजना केन्द्र नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*