कार दुर्घटनामा इन्जिनियरको हड्डी भाँच्चियो, कम्प्यूटरले जोड्यो
अमेरिकाकी ३१ वर्षीया इन्जिनियर विन्टर मेराज कार दुर्घटनामा परिन्। र, उनको पिठ्यू, हात र घुँडाका हड्डी टुटे, काम नै गर्न नसक्ने गरी। त्यति ठूलो दुर्घटना हुँदा समेत उनले हार मानिन्। र, आफैँ हड्डी प्रत्यारोपणमा लागिन्।
उनले आफ्नो शरीरमा माइक्रोचिप्स जडान गरिन्। जसको मद्दतले ईमेल पठाउँछिन्। र, घरको ढोका समेत खोल्न सक्ने भएकी छिन्। त्यति मात्र होइन उनले आफ्नो हातमा एलईडी लाइट र औँलामा म्याग्रेट ९चुम्बक० लगाएकी छिन्। जसको सहायताले घर र घरबाहिरको काम गर्न थालेकी छिन्।
यो प्रत्यारोपणलाई लिएर विन्टरले ‘गुड मर्निङ ब्रिटेन’ नामक पत्रिकासँग कुरा गर्दै उनले भनेकी छिन्, ुयो अप्रेशनले एक मानसिक ढोका तोड्न सफल भएकी छु। अगाडि बढ्न मद्दत मिलेको छ। ’
विन्टरले आफ्नो प्रत्यारोपणलाई लिएर भनेकी छिन्, ुबायाँ हातमा लगाएको सानो माइक्रोचिपको सहायताले ढोका खोल्ने गर्छु। र, जसरी कुनै कार्ड मेसिनमा हालिन्छ त्यसरी नै यो माइक्रोचिपले सबै जानकारी दिन्छ।ु उनको शरीरमा जडान गरिएका माइक्रोचिपले स्वचालित ढोका समेत खुल्ने गर्छ। दाहिने हातमा पनि माइक्रोचिप छ, जसको सहायताले उनी व्यवसायसँग सम्बन्धित जानकारी लिन्छिन। एजेन्सी






