‘सेन्टी भाइरस’ को होइन ‘फनफनी’ गीत

जनपत्र
७ पुष २०७६, सोमबार ०६:०७

हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा ‘धुर्मुस(सुन्तली’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सिताराम र कुञ्जनाको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस्को ब्यानरमा डिन्डु लामा ह्योल्मोको लगानीमा फिल्म ‘सेन्टी भाइरस’ बनेको हो ।

यो फिल्मको बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पहिलो गीत ‘फनफनी’ सार्वजनिक गरियो । शंकर थापा स्माइलको संगीत र डिपी खनालको शब्द रहेको गीतमा मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर छ । यो गीत यूट्युबमा रिलिज भएसँगै राम्रो चर्चा बटुलिरहेको छ । दर्शकले गीतलाई निकै रुचाएका छन् । यद्यपि, गीतको अडियोअनुसार भिडियो भने औसत बनेको छ ।
तर, ‘फनफनी’ गीत ‘सेन्टी भाइरस’ का लागि तयार गरिएको भने थिएन । अहिले चर्चामा रहेको हास्य टेलिसिरियल ‘सक्कीगोनी’ को टिमले निर्माण गर्न लागेको फिल्म ‘फनफनी’ को शिर्ष गीत हो यो । फिल्म निर्माणको तयारी तिव्र रुपमा भइरहँदा ‘फनफनी’ गीत रेकर्ड गराइएको थियो । तर, निर्देशकको रुपमा अनुबन्ध भएका निश्चल बस्नेतले हात झिकेपछि फिल्म निर्माण हुन सकेन ।

‘सेन्टी भाइरस’ लाई गीत दिनुको कारण खुलाउँदै कलाकार कुमार कट्टेल ९जिग्री० ले भने( ‘हामीले डेढ वर्षअघि फिल्म ‘फनफनी’ को शिर्ष गीतको रुपमा यो गीत तयार पारेका थियौं । तर, ‘सेन्टी भाइरस’ अगाडि र हाम्रो फिल्म केही ढिलो बन्ने भएपछि गीत दिएका हौं । यो गीत फिल्मको कथासँग सुहाउने भएका कारण राखिएको हो ।’ यो फिल्मको कथा पनि कुमारले नै लेखेका हुन् ।

गीत हेर्नुहोस् :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*