कांग्रेस प्रदेश ३ ले भन्यो –प्रदेशसभालाई अनिर्णयको बन्दी बनाइयो

हेटौँडा / नेपाली कांग्रेस प्रदेश ३ को संसदीय दलको आइतबार बसेको बैठकले प्रदेश सरकारको चर्को आलोचना गर्दै स्थायी राजधानी र नाम छिटो टुंग्याउन माग गरेको छ। लामो समयदेखि प्रदेशसभाको बैठक सञ्चालन नहुँदा जनताका समस्या र प्रदेशका कानुन निर्माणमा समेत असर परिरहेको अवस्थामा तत्काल हिउँदे अधिवेशन बोलाउन कांग्रेसले माग गरेको हो।
प्रदेशसभालाई सरकारले अनिर्णय बन्दी बनाएको आरोप कांग्रेसले लगाउँदै सरकारको काम कारबाही सन्तोषजनक नभएको भन्दै आलोचना गरेको छ। कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकले स्थायी राजधानी र नाको टुंगो तत्काल लगाउन प्रदेश ३ सरकारको ध्यानाकर्षण गराएको हो।
काठमाडौंमा भएको बैठकले हालै भएको उपनिर्वाचनबाट प्रदेश ३ सभा सदस्यमा भक्तपुर क्षेत्र नम्बर १ को कु बाट निर्वाचित कृष्णलाल भडेललाई स्वागत तथा सम्मान गरेको छ। बैठकमा प्रदेश ३ का नेपाली काङ्ग्रेसका सांसदहरुको सहभागिता रहेको थियो। थाहा खवरबाट ।