प्रधानमन्त्री रोजगार कार्यक्रम : आउँदो ६ महीनामा ५ लाखलाई रोजगारी

जनपत्र
६ पुष २०७६, आईतवार ०७:४७

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आउँदो ६ महीनामा करीब ५ लाख बेरोजगारलाई रोजगारी दिन तयारी थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी प्रत्याभूति गर्न सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुरूप स्थानीय तहसँग आयोजना माग गरिएकोमा त्यसको संकलनको काम पूरा भइसकेको छ ।

मन्त्रालयका प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने उपसचिव डा।लोकनाथ भुसालका अनुसार त्यस्ता माग भई आएका आयोजना कार्यान्वयन गरी सय दिने रोजगारी प्रदान गर्न आवश्यक रकम पठाउने तयारी भइरहेको छ । उनका अनुसार बेरोजगार सूची निर्धारण तथा प्राथमिकीकरण मार्गदर्शन जारी भइसकेकाले यसपालि सही रूपमा आयोजनाहरू कार्यान्वयनमा जाने र सूचीकृत बेरोजगारले रोजगारी पाउनेछन् ।

सरकारले बेरोजगारलाई वर्षमा कम्तीमा सय दिन काम दिने र काम दिन नसके वार्षिक २५ हजार ८५० रुपैयाँ भत्ता दिने गरी गतवर्ष निकै तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो । गतवर्ष यस कार्यक्रमका लागि रू २ अर्बभन्दा बढी बजेट स्थानीय तहलाई अनुदानका रूपमा उपलब्ध गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*