कांग्रेस परित्याग गरी २० जना नेकपामा प्रवेश

जनपत्र
५ पुष २०७६, शनिबार १९:३२

हेटौंडा । हेटौंडा १९ शेरशेर भन्ने स्थानका नेपाली कांग्रेसका क्रियाशिल नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नेकपा हेटौंडा उपमहानगर १९ नम्बर वडा कमिटीले आज आयोजना गरेको कार्यक्रममा कांग्रेसका क्रियाशिल २० जना कार्यकर्ता प्रवेश गरेका हुन् ।

प्रदेश सांसद एवम् नेकपा मकवानपुरकी अध्यक्ष मनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कान्छालाल रुम्बाको नेतृत्वमा २० जना नेकपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेकाहरुलाई अध्यक्ष सिग्देलले खादा र टिका लगाएर स्वागत गर्नुभयो । पार्टी प्रवेश गर्नेमा स्थानीय रामबहादुर स्याङ्तान, किताबसिं बल, प्रमिला भोम्जन, रामबहादुर मोक्तान, तारा बल, हिराराल थिङ, प्रमिला मोक्तानलगायत रहेका छन् ।
कार्यक्रम पार्टी १९ नम्बर वडा कमिटीका अध्यक्ष मंगललाल गोलेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य एवम् नगर सह(इन्चार्ज विवेक राई जिल्ला सदस्य पूर्णबहादुर वाइवा, रुपेश बर्तौला, पार्टी हेटौंडा नगरका सचिव तीर्थ थापा, नगर सदस्य देवेन्द्र दाहाल, १९ नम्बर वडाका अध्यक्ष नरनाथ सुवेदी, पार्टीका १९ वडा सचिव लोकनाथ लामालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*