मकवानपुरमा २० वटा योजनाका लागि सुटुक्क आयो १५ करोड
हेटौंडा । मकवानपुर जिल्लाको विकासका लागि केही दिन अगाडी मात्र १५ करोड २७ लाख रुपैयाँको २० वटा योजना निर्माण गर्ने गरी वजेट छुट्टीएको छ । जिल्लामा सडक निर्माण, खानेपानी, बिद्यालय लगायतका विकाशका काममा संघीय सरकारले वजेट निकासा गर्न लागेको हो । अतिरिक्त वजेट अन्तरगत संघीय सरकारले यो वजेट पठाउन लागेको हो ।
वजेट भाषणामा राखिएका योजना भन्दा बाहेक योजना केही दिन अगाडी मात्र संघीय सरकारको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले मकवानपुरमा २० वटा योजना निर्माण गर्नका लागि यो रकम निकासा गर्न लागेको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले जानकारी दिनुभयो ।
जिल्लाभरीमा २० वटा योजना मध्यमा १७ वटा योजना क्षेत्र नम्बर २ मा परेका छन् । १७ वटा योजना निर्माणका लागि १२ करोड ५१ लख रुपैयाँ बजेट पठाउन लागिएको छ । मकवानपुर क्षेत्र नम्बर १ मा भने ३ वटा योजना निर्माणका लागि २ करोड ७६ लाख रुपैयाँ निकासा गर्न लागिएको हो ।
जिल्लामा समपुरक र विशेष अनुदानका लागि यो रकम निकासा गर्न लागिएको हो । यस मध्यमा समपुरक ६ करोड ६३ लाख र अरु सवै बिशेष अनुदानका रुपमा निकासा गर्न लागिएको सांसद खतिवडाले वताउनुभयो ।
कैलाश गाउँपालिकामा ६ वटा योजना
बिशेष अनुदानमा जिल्लाको कैलाश गाउँपालिकामा मात्र ६ वटा योजना परेका छन् । कैलाशको माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणका लागि ५० लाख रुपैयाँ, मावि बिज्ञान प्रयोगशाला निर्माणका लागि ५० लाख रुपैयाँ प्राप्त हुन लागेको छ । त्यसैगरी चेपाङ तथा विपन्न परिवारका लागि दिवा खाजा खुवाउनका लागि ५० लाख रुपैयाँ विनीयोजन भएको सांसद खतिवडाले जानकारी दिनुभयो ।
कैलाशमै महिलाहरुको पाठेघर समस्याको विषयमा जनचेतना जगाउँदै शिवीर सञ्चालनका लागि २५ लाख रुपैयाँ, एक घर एक धारा निर्माणका लागि ३५ लाख रुपैयाँ, एक घर एक सौचालय निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान रकम निकासा गर्न लागिएको छ ।
मकवानपुर गढीमा १५ शैयाँको अस्पताल
मकवानपुर गढी गाउँपालिकामा वंशगोपाल माविको प्राविधिक विद्यालय निर्माणका लागि ७६ लाख रुपैयाँ छुट्टीएको छ । मकवानपुर गढी गाउँपालिकामा १५ शैयाको अस्पतालका लागि रकम प्राप्त हुने भएको छ । गढीको आमभन्ज्याङमा १५ शैयाको अस्पतालका लागि २ करोड रुपैयाँ अर्थ मन्त्रालयले निकासा गर्न लागेको सांसद विरोध खतिवडाले वताउनुभयो । गढी दरवार खानेपानी योजना निर्माणका लागि एक करोड रुपैयाँ प्राप्त हुने भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको लस्सीखोला खानेपानी योजना निर्माणका लागि ५० लाख रुपैयाँ प्राप्त हुने भएको छ । राक्सीराङ गाउँपालिकाको चेपाङ विकास कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ ।
मनहरीका बोटेजातीको माछा पालनमा ५० लाख
मकवानपुरको मनहरी गाउँपालिकाको बोटे जातीको माछा पालनको क्षेत्रमा काम गर्नका लागि ५० लाख रुपैयाँ वजेट प्राप्त हुने भएको छ । वषौदेखि माछा पालन पेसा अगाल्दै आएका बोटे जातीको पेसाको संरक्षण गर्नका लागि रकम प्राप्त हुने भएको हो । मनहरी ६ को रुपाचुली खरिवाङ खानेपानी योजना निर्माणका लागि ३८ लाख रुपैयाँ वजेट विनीयोजन भएको छ । सवै योजना तत्काल काम सुरु गर्नेगरी वजेट विनीयोजन गरिएको हो ।
मकवानपुरमा सात वटा समपुरक योजनामा ६ करोड ६३ लाख
मकवानपुरमा विभीन्न सात वटा योजना निर्माण गर्ने गरी संघीय सरकारले समपुरक वजेट छुट्याएर काम गर्न लागेको छ । समपुरक योजना मध्यमा अधिकांश योजना मकवानपुरको क्षेत्र नम्बर २ मा रहेका छन् । संघीय सरकारको अर्थ मन्त्रालयले राखेको वजेट अहिले राष्ट्रिय योजना आयोग मार्फत काम गर्ने खालका स्थानीय तहलाई यो वजेट केही दिन अघि मात्र छुट्याएको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले वताउनुभयो ।
मकवानपुरमा सात वटा समपुरक योजनामा ६ करोड ६३ लाख रुपैयाँ छुट्याएर काम गर्न लागिएको हो । संघिय सरकारले केही दिन अगाडी समपुरक वजेटमा काम गर्ने स्थानीय तहका लागि यो रकम पठाउन लागेको हो । सात वटा योजनामा सडक निर्माण, खानेपानी, पुल निर्माण, गाउँपालिका भवन निर्माण लगायतका योजना छन् ।
समपुरक सात वटा योजना मध्यमा मकवानपुरको इनद्रसरोवर गाउँपालिकामा खड्गु, सुकौरा, कालापानी सडक योजनाका लागि ९३ लाख रुपैयाँ वजेट छुट्याएर काम गर्ने तयारी भएको छ । थाहा नगरपालिकाको सरस्वती वजारको सडकका लागि ८० लाख र थाहा नगरपालिका वडा नम्बर १० को कालाट सडकका लागि ८० लाख रुपैयाँ विनीयोजित गरिएको सांसद खतिवडाले वताउनुभयो ।
मकवानपुरको मनहरी हाँडीखोला मकरीमा पुल निर्माणका लागि ५९ लाख रुपैयाँ, भिमफेदी गाउँपालिकाको भवन निर्माणका लागि १ करोड ४० लाख रुपैयाँ समपुरक वजेटमा छुट्टीएको हो । मकवानपुर गढी गाउँपालिका कार्यालय वागदली र देविडाँडा जोड्ने पुल निर्माणका लागि एक करोड ११ लाख लागतमा सामरी खोलामा पुल निर्माण गरिने उहाँले वताउनुभयो । मकवानपुरको वकैया जुरेलीमा खानेपानी योजना निर्माण गर्नका लागि एक करोड रुपैयाँ संघीय सरकारले दिने भएको छ ।






