उपेन्द्र-बाबुरामलाई धक्का, २ नम्बर प्रदेशमा राजपा-नेकपाको सरकार बन्ने

जनपत्र
५ पुष २०७६, शनिबार ०६:४०

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र राजपा नेपालबीच प्रदेश नम्बर २ मा सरकार बनाउने सहमति भएको छ । पछिल्लो समय नेकपा र राजपाबीच भएको दुई बुँदे सहमतिले यसको बाटो तय गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालकै सहमतिमा राजपासँग दुई बुँदे सहमति गरिएको हो । नेकपाको ७ वटा प्रदेशमा सरकार बनाउने रणनीतिअनुसार यो सहमति भएको आँकलन गर्न थालिएको छ । अहिले नेकपाको नेतृत्वमा संघीय सरकारमात्रै होईन २ नम्बर प्रदेशबाहेक बाँकी ६ वटै प्रदेशमा सरकार छ ।

अध्यक्षद्धय ओली र दाहालकै रणनीतिअनुसार प्रदेश नम्बर २ मा पनि अहिलेको सत्ता समिकरण भत्काएर नयाँ सरकार बनाउने तयारी भएको छ । यसको लागि राजपाले पनि ग्रिन सिग्नल दिईसकेको छ । नेकपाका अध्यक्ष दाहालले मुख्यमन्त्रीसहित प्रदेश २ सरकारको नेतृत्व राजपाले गर्ने र नेकपाले त्यसमा सहयोग गर्दै सहभागी हुने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा राजपा नेपालका अध्यक्ष मण्डलका प्रायः सबै सदस्यहरुले पनि मौन सहमति जनाएको स्रोतको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*