नारी सीपको मानब बेचबिखन बिरुद्ध तथा सुरक्षित आप्रवासी सम्बन्धि एकदिवसीय अभिमुखिकरण

जनपत्र
४ पुष २०७६, शुक्रबार ०६:३०

हेटौंडा । नारी सीप सृजना केन्द्र नेपाल र माइती नेपालको संयुक्त समन्वयमा अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा यही पुस ३ गते मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना अन्तरगत अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ मा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
नारी सीप सृजना केन्द्र र ए.डब्लु.ओ. इन्टरनेशनलसंगको साझेदारितामा संचालित मकवानपुरमा मानब बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना अन्तरगत अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को अबसरमा ह्ेटौडामा सिप र रोजगार ः आर्थिक समृद्धिको आधार भन्ने मुल नारा सहित मानब बेचबिखन बिरुद्ध तथा सुरक्षित आप्रवासी सम्बन्धि एकदिवसीय अभिमुखीकरण र मानब बेचबिखन बिरुद्धको सचेतनामुलक सडक नाटक प्रर्दशन गरी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस कार्यक्रम भव्यताका साथ समापन गरिएको नारी सीप सृजना केन्द्रकी परियोजना कार्यक्रम प्रमुख ज्योति बम्जनले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा ४७ महिला र ४३ जना पुरुषहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले यस्तो कार्यक्रमहरुले मानव बेचबिखन न्यूनिकरणका लागि टेवा पुग्ने बिश्वास लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*