प्रदेश–३ नीति तथा योजना आयोगका उपाध्यक्षको पद पाँच महिना देखि खाली

कार्यरत मध्यका सवैभन्दा सिनियर सदस्य श्यामकुमार वस्नेतलाई कार्यबाहक उपाध्यक्षको जिम्मेवारी समेत नदिदा काम गर्न समस्या ।
जनपत्र
३ पुष २०७६, बिहीबार ०७:११

हेटौंडा । प्रदेश नम्बर–३ को नीति तथा योजना आयोगका उपाध्यक्षको पद विगत पाँच महिना अगाडी देखि खाली भएको छ । पाँच महिना विती सक्दा पनि नीति तथा योजना आयोगका उपाध्यक्ष नियुक्ति गर्न सकिएको छैन ।

चालु आर्थिक वर्षको साउन १ गते देखि लागू हुनेगरी असार २५ गतेनै पहिलेका नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजिनामा दिएर गएपनि हाल सम्म उपाध्यक्षमा नियुक्ती नगर्दा त्यो पद खालीनै भएको हो ।

प्रदेश भरीको योजनाको काम गर्नका लागि नीति तथा योजना आयोगले काम गर्दै आएको छ । तर, पाँच महिना सम्म पनि अहिलेका सदस्यहरु तीन जना मध्यलाई कार्यबाहक उपाध्यक्षको जिम्मेवारी पनि दिइएको छैन । उपाध्यक्ष पनि नियुक्त नगर्दा काममा समस्या भएको आयोगका कर्मचारीहरु वताउँछन् । नीति तथा योजना आयोगको अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्छ ।

उपाध्यक्ष नियुक्त गर्ने जिम्मेवारी उहाँकै हो । तै पनि पाँच महिनाको लामो समय सम्म उपाध्यक्ष नियुक्त नगर्दा काममा समस्या भएको आयोगका एक जना सदस्यले वताएका छन् । नीति तथा योजना आयोगको उपाध्यक्ष वन्नका लागि पाँच महिना देखि धेरैले दौडधुप गरेका छन् । उपाध्यक्ष नियुक्त गर्नका लागि केन्द्रका नेताहरुले मुख्यमन्त्रीलाई पटक पटक भनेका छन् । तर, पनि नियुक्ति भने हुन सकेको छैन ।

अहिलेका तीन जना सदस्य मध्यमा सवै भन्दा शिनियर सदस्य श्याम कुमार वस्नेतलाई पनि कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छैन । सिनियरका आधारमा वस्नेतलेनै कार्यबाहक अध्यक्ष पाउनुपर्छ । तर, पाँच महिना अगाडी देखि मुख्यमन्त्री पौडेलले वस्नेतलाई कार्यबाहक अध्यक्ष समेत दिनुभएन । पार्टीमा पनि चार दशक देखि लाग्नुभएका नेकपाका पुराना नेताका रुपमा वस्नेतलाई चिनिन्छ । धेरैले वस्नेतलाईनै नीति तथा योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गरेका छन् । तर, मुख्यमन्त्री पौडेलले उहाँलाई कार्यबाहक समेत नवनाएकोमा नेकपा पार्टी भित्रै पनि मुख्यमन्त्री पौडेलको आलोचना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*