एकै दिन जन्मिएका चार दिदीबहिनीको एकै दिन बिहे

जनपत्र
२ पुष २०७६, बुधबार ०६:५२

भारतको केरला भन्ने ठाउँमा एकै दिन जन्मिएका पाँच भाइबहिनीमध्ये चार दिदी बहिनीले एकै दिन विवाह गर्ने भएका छन् । उनीहरुको विवाह २६ अप्रिल २०२२ मा हुने भएको हो । चार दिदीबहिनीले यसरी एकै दिन विवाह गर्ने निर्णय लिएको उनको परिवारले बताएको भारतीय मिडियामा समाचार छ । उनीहरु १८ नोभेम्बर १९९५ मा जन्मिएका थिए ।

उनीहरुका नातेदारका अनुसार यी दिदीबहिनीका बाबुआमाले उनीहरुलाई सधैं एउटै रंगका कपडा, स्कुल झोला किनिदिएका थिए । यी बच्चाहरुमा ९ वर्षको हुँदा मुटुसम्बन्धी समस्या देखियो । घरको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका बाबुले आत्महत्या गरे । त्यसपछि उनीहरुलाई एउटा बैंकमा जागिर खाने आमाले हुर्काएकी हुन् । यो महिना उनीहरु २४ वर्षका पुगेका छन् । त्यसैले उनीहरुको विवाह पनि एकै दिन गर्न लागिएको हो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*