उच्च अदालत जनकपुरधामका न्यायाधीशकाे सुरक्षा गार्डको ‘लाेडेड’ पेस्ताेल लुटियाे

जनपत्र
२ पुष २०७६, बुधबार ०६:३२

प्रदेश २ को उच्च अदालत जनकपुरधामकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षागार्डको गोली लोड गरेको पेस्तोल लुटिएको छ । सुरक्षागार्ड महिला प्रहरी ९जवान० रनिता कुमारी केवटका अनुसार उनका प्रेमीले गोली लोड गरिएको पेस्तोल लिएर फरार भएका हुन् । जनकपुरधाम-४ को भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई भेट्न आएका प्रेमीले गोली लोड गरिएको पेस्तोल लिएर फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराएकी छिन् ।

तर जिप्रका धनुषाका निमित प्रमुख प्रहरी नायब उपरीक्षकसँग जानकारी लिंँदा ‘हतियार लुटिएको भन्ने सुनेको र अनुसन्धान भइरहेको’ बताउनु भएको छ । तर प्रहरी श्रोतले लुटिएको दाबी गर्दै ती प्रहरी जवानलाई नियन्त्रणमा लिइएको जनाएको छ ।हतियार हराएको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी जवान केवटमाथि अनुसन्धान थालेको छ । हाल प्रहरी जवान केवट धनुषा प्रहरीको नियन्त्रणमा रहेकी छिन् ।

जिप्रका धनुषाको जिन्सी तथा बन्दोबस्ती शाखाका कर्मचारीले लिएको बयानका क्रममा केवटले आफ्ना प्रेमीले पेस्तोल लगेर गएको हुनसक्ने बताएकी छन् । बयानका क्रममा केवटले आफ्ना प्रेमीको केही व्यक्तिसँग विवाद भएको र उनीहरुलाई नै डराउनका लागि हतियार लगेको हुनसक्ने बयान दिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*