धार्मिक एकता र समानता भए मात्र समृद्धि नेपाल सुखी नेपालीको सपना साकार हुन्छ–मुख्यमन्त्री पौडेल

मकवानपुर / पास्टर एकता जागृति अभियानको आयोजनामा हेटौडा–१५ मा ख्रिष्टमस उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गायन, नृत्य, भजन, लगायत संगितीक कार्यक्रम सँगै ख्रिष्टमसको बारेमा मन्तव्य राखिएको थियो । पास्टर एकता जागृति अभियान हेटौडा दक्षिण भेगका अध्यक्ष मदनलाल थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ३ नम्बर प्रदेश मुख्यमन्त्री डोरमणी पौडेल रहनु भएको थियो ।
कार्यक्रममा ३ नम्बर प्रदेश मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश सभा सदस्य सन्त बहादुर प्रजा, हेटौडा उपमहानगर पालिकाका उपमेयर मिना लामा, हेटौडा १५ का वडा अध्यक्ष महारत्न लामा, हेटौडा उपमहानगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष दिपक खड्का, चुरियामाई उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तान लगायतले ख्रिष्टमसको बारेमा मन्तव्य राख्नु भएको थियो ।
मकवानपुर पास्टर यसोसियसन अध्यक्ष दिपक भोलोनले स्वागत मन्तव्य राख्नु भएको थियो भने डाक्टर तिर्थ थापाले देश धर्म निरिपेक्ष भए पनि तेस्को अनुभव गर्न नपाएको गुनासो गर्नु भएको थियो । इसाई समुदायलाई मृत्यु पछि गर्ने संस्कारका लागी समाधी स्थलको अति आवाश्यकता भएकाले यसतर्फ सम्बद्ध सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले यस सन्सारको मुक्ति दाता प्रभु येशु ख्रिष्टको शुभ जन्म दिन ख्रिष्टमसको महत्व, र मनाउनुको कारण र इसाईहरुले भोगेका समस्याहरुको बारेमा बताउनु भएको थियो । भने यसै अवसरमा नेपाली दाजु भाई दिदि वहिनी तथा नेपालका सम्पुर्ण मण्डली परिवारमा शुख शान्ति एवम उत्तर उत्तर प्रगतिको शुभकामना सहित सु सन्देश सु समाचार बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा कार्यसमिति सदस्य तथा हजुरखबर डटका प्रमुख रुपक कालिराज, सोलिड्यारिटि स्कुलका प्रमुख क्रषिराम आचार्य, लगायत विभिन्न चर्चका पास्टर, अगुवा, जवान, समाजसेवी बुद्धिजिवी वर्ग ,राजनितिक पाटीका प्रतिनिधि, संद्धसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सहभागी पाहुनाहरुलाई पास्टर एकता जागृति अभियान हेटौडा दक्षिण भेगले खादा लगाई सम्मान पनि ब्यक्त गरेको थियो ।
धार्मिक एकता र समानता भए मात्र समृद्धि नेपाल सुखी नेपालीको सपना साकार हुन्छ–मुख्यमन्त्री पौडेल
धार्मिक एकता र समानता भए मात्र समृद्धि नेपाल सुखी नेपाली साकार हुने प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बताउनु भयो । पास्टर एकता जागृति अभियानको आयोजनामा हेटौडा १५मा ख्रिष्टमस उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल बहुभाषिक ,बहु सास्कृतिक , बहुजातिय भएकोले यस सरकारले कुनै खालका विवेदहरु कसैमाथि पनि नगर्ने बताउनु भयो ।
ईसाई धर्मालम्बीहरुको ठुलो पर्व अर्थात महोत्सव भएको बताउदै देशको शान्ती र समृद्धिका लागि इसाई हरुले दिनरात प्रार्थना गरेकामा धन्यवाद समेत दिनु भयो । पौडेलले आपासी प्रेम ,बिश्वास र सम्मान र सहकार्य अहिलेको आवश्यकता रहेको औल्याउनु भयो ।
इसाई हरुलाई राज्यले कहिल्यै पनि तेस्रो दर्जाको रुपमा नहेरेको बताउनु भयो । उहाँले हरेक धर्मले राम्रो कुरा सिकाउने भन्दै उहाँले भन्नु भयो,“राम्रो कुरालाई सबैले अबलम्बन र नराम्रो कुरालाई छोड्दै जानु पर्छ ।” प्रेमबाट नै सँसार चल्ने भन्दै हरेक धर्मले प्रेम गर्न सिकाउने बताउनु भयो ।
कम्युनिष्ट सरकार भएको भन्दै कम्युनिष्टले समानता खोजेको समानता कै लागि लडेको भन्दै सरकार कसैलाई काखा र पाखा नगर्ने उहाँको भनाई रहेको थियो ।
प्रदेश सभा सदस्य सन्तराम प्रजाले उहाँले नेपाली ख्रिष्टीयन समुदायको उत्थान र बिकासका लागी ख्रिष्टीयन धार्मिक आयोग गठन हुने पर्ने धाराणा राख्नु भयो । देशमा विभिन्न जातजाती,धर्म संस्कृति, भाषाभाषी रहेको भन्दै धार्मिक स्वतन्त्रता भएको देशमा इसाई धर्मालम्बी मन नपर्नेहरुले इसाईको बारेमा आरोपहरु लगाउनु गलत भएको बताउनु भयो । धर्मको बिरोध गर्नु न्यायोचित नभएको भन्दै संविधानलाई कसैलाई छुट नदिएको बताउनु भयो । अरुको धर्म प्रति आँच आउने खालका गतिविधि गरेको खण्डमा कार्वाहि भोग्नु पर्ने समेत बताउदै इसाई जगतको हकहितको लागि सदैव संसदमा समेत आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
हेटौडा उपमहानगर पालिकाका उपमेयर मिना लामाले सबै समुदाय, वर्गहरुको भावनालाई कदर गर्न स्थानिय सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हेटौडा उपनगरपालिकाका १९ वटै वडामा विभिन्न समुदायको बसोबास छ, हामी सबैको हितमा हुने गरी काम गछौं ।” अन्य देशहरुमा धार्मिक द्धन्द भईरहेको स्मरण गराउदै नेपालीमा नहुनुमा नेपालीमा आत्मियता,प्रेम र सद्भाव कायम रहेको बताउनु भयो । आफुले चाहेको धर्म मान्न पाउनु अधकारीको कुरा भएको भन्दै कसैले रोकछेक गर्न नहुने बताउनु भयो । उहाँले थप्नु भयो,“ सबै धर्मलार्ई सबैले समान व्यवहार गर्न आग्रह गर्दछु । ”
हेटौडा १५ का वडा अध्यक्ष महारत्न लामाले सामाजिक सद्भाव कायम राख्दै सबै धर्म र समुदायले आफ्ना गतिविधिहरू संचालन गर्नुपर्नेमा जोड दिए । लामाले धार्मिक सहिष्णुता, सद्भाव र प्रेम सबैमा हुनु आवश्यक रहेको भन्दै धर्मको नाम कसैले कसैलाई भेदभाव र विभेद तथा अपमान नगर्न आग्रह समेत गर्नु भयो ।
त्यस्तै हेटौडा उपमहानगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष दिपक खड्का,चुरियामाई उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तान लगायतले ख्रिष्टमस डे, पर्वको शुभकामना दिर्दै ब्यक्तिगत, पारिवारिक जिवनमा सुख, शान्ति, आनन्द परमेश्वरले धेरै आषिस दिनुभएको होस भनी प्रार्थाना सहित कामना गर्नुभयो । पास्टर एकता जागृति अभियान हेटौडा दक्षिण भेगका अध्यक्ष मदनलाल थिङको सभाध्यक्षतामो कार्यक्रम भएका हो ।