हेटौंडा उपमहानगर क्षेत्रमा पुनः जग्गा नापी गर्ने तयारी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा जिल्ला नापि कार्यालय मकवानपुरले जग्गाको नापी गर्ने काम सुरु गर्ने भएको छ । उपमहानगरपालिका क्षेत्रमा जग्गा के कस्तो अवस्थामा छ त्यसको विवरण राख्नका लागि जग्गा पुनः नापी गर्न लागेको हो । हेटौंडाले पौष महिनादेखि हेटौडाको जग्गा पुनः नापी गर्ने भएको छ ।
विगत तीन वर्ष देखि रोकिरहेको जग्गा मापन कार्य यस वर्षबाट पुनः नापी गर्ने भएको हो । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ बाट नापी शुरु गरि यसवर्ष २ सय ५० हेक्टर जमिनकोे नापी सम्पन्न गरिने लक्ष्य रहेको कार्यालय प्रमुख अमिर प्रसाद न्यौपानेले बताउनु भएको छ ।
जनशक्ति र प्राविधिकको अभावमा नापीको काम रोकिएको बताउदै न्यौपानेले यस बर्ष भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बजेट माग गरिएको जानकारी दिनुभयो । मन्त्रालयबाट बजेट आएपछि तुरुन्तै नापीको काम शुरु गरिने कार्यालय प्रमुख न्यौपानेको भनाइ छ ।






