सौराहामा ‘हात्ती महोत्सव’को तयारी

जनपत्र
१ पुष २०७६, मंगलवार ०६:०३

अंग्रेजी नयाँ वर्ष तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा हात्ती महोत्सवको तयारी थालिएको छ । ‘हात्ती मेरो साथी’ भन्ने मूल नाराका साथ वन्यजन्तु संरक्षणको सन्देश दिन र हात्तीका मनोरञ्जनात्मक गतिविधिबाट पर्यटकलाई आकर्षित गर्न महोत्सव गर्न लागिएको हो ।

आयोजक क्षेत्रीय होटल संघ, चितवनले शुक्रवार सौराहामा पत्रकार सम्मलेन गरी हरेक वर्षझंै यस वर्ष पनि सौराहामा हात्ती महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको १६औं हात्ती महोत्सव आगामी पुस १० देखि १८ गतेसम्म चल्ने संघका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*