फागुन अन्तिममा दयाहाङ र रेखाको ‘नीरफूल’

जनपत्र
१ पुष २०७६, मंगलवार ०५:५१

फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत भदौ २७ मै प्रदर्शनका लागि तयार रहेको यो फिल्मको पोस्ट प्रोडक्सनमा ढिलाइ भएपछि रिलिज डेट पोस्टपोन्ड भएको थियो । अब, फागुन ३० गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउने भएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा फिल्म आधारित रहेको बताइएको छ ।
गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । फिल्ममा अभिनेत्री रेखा विशेष भूमिकामा छिन् । भने, दयाहाङको जोडीको रुपमा देखिन लागेकी शान्तिको यो डेब्यु फिल्म हो ।
फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । हालसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा देखाइएको उनी बताउँछन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*