प्रदेश ५ को नाम ‘लुम्बिनी’, राजधानीका लागि तीन ठाउँ सिफारिस

जनपत्र
३० मंसिर २०७६, सोमबार ०६:३८

पटकपटक विवाद र आलोचना सहँदै आएको प्रदेश ५ को राजधानी तथा नाम सिफारिश विशेष समितिले प्रदेशको नाम “लुम्बिनी” राख्न प्रदेश सभालाई सिफारिस गर्ने भएको छ । समितिको आईतबार बसेको बैठकले राजधानी र नामको टुंगो लगाउदै प्रदेश सभालाई सिफारिश गर्ने निर्णय गरेको हो । समितिले गरेको सिफारिस प्रदेश सभाको बैठकको दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।

विशेष समितिका एक सदस्यका अनुसार प्रदेशको राजधानी यहीँ उपयुक्त छ भनेर तोकिएको छैन । तर मध्यमार्गी बाटो अपनाउँदै समितिले रूपन्देही, कपिलवस्तु र दाङका स्थानलाई सिफारिश गरेको छ । “हामीले विवाद नआओस् भन्ने हिसावले मध्यमार्गी बाटो अपनाएका छौं”( समितिका एक सदस्यले भने( त्यसको टुंगो अब प्रदेश सभाले नै लगाउँछ ।” समितिले रुपन्देहीको बुटवल-सैनामैना, कपिलवस्तुको वाणगंगा(बुद्धभूूूमि तथा दाङको भालुवाङ(लमही क्षेत्र प्रस्ताव गरेको समितका एक सदस्यले बताए। विशेष समिति सो प्रतिवेदन सभामुखलाई बुझाउने तयारीमा जुटेको छ । पछिल्लो पटक भारत भ्रमण सकेपछि समितिका सदस्यहरु प्रतिवेदन बनाउन जुटेका हुन्।

समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले प्रतिवेदनलाई अन्तिम रुप दिन थालिएको भन्दै सोमबार प्रतिवेदन बुझाउने गरी तयारी भएको बताए । उनका अनुसार आइतबारको समितिको बैठकमा भारत भ्रमणको समिक्षा गर्दै उपलब्धिका बारेमा छलफल भएकोे थियो । विशेष समितिले यही मंसिर २१ गते देखि २७ गतेसम्म भारतको चण्डीगढ भ्रमण गरेको थियो । समितिले यस अघि जिल्ला जिल्लामा गएर सुझाव संकलन पनि गरेको  यो । राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तुलगायतका स्थानका लागि सुझाव दिइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*