हेटौंडाका टोल विकास संस्थाहरुलाई नेतृत्व विकासमा जोड

जनपत्र
२९ मंसिर २०७६, आईतवार १६:४७

हेटौंडा । हेटौंडाका टोल विकास संस्थाहरुलाई थप परिस्कृत गर्ने अभियानमा लागिएको छ । हेटौंडा उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यलयले टोल विकास संस्थाहरुलाई थप जिम्मेवारी र परिस्कृत वनाउन लागेको हो ।

टोलको नेतृत्व विकासमा थप सहयोग पुग्ने गरी तालिमको आयोजना गरेर कार्यान्वयनमा जोड दिन लागिएको उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । त्यही क्रममा टोल विकास संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई नेतृत्व विकास तथा लेखा व्यावस्थापन तालिम दिइएको मेयर महतले वताउनुभयो ।

दिएको तालिम पछी कार्यान्वयनमा जोड दिनका लागि मेयर महतले निर्देशन समेत दिनुभएको छ । तालिम लिने प्रमाणपत्र मात्र साथमा राख्ने भन्दा पनि नेतृत्व विकासमा जोड दिनका लागि आग्रह समेत गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*