अनुष्का श्रेष्ठले जितिन् ‘ब्यूटी विथ अ पर्पस’ अवार्ड, जमैकाकी टोनी बनिन् विश्व सुन्दरी २०१९
मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ २०१९ मा ब्यूटी विथ प्रपस’ अवार्ड जितेकी छिन् । यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् ।अनुष्कालेले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो । गएको वर्ष ‘मिस वर्ल्ड’प्रतियोगितामा नेपालीकी श्रृङ्खला खतिवडाले यी दुवै उपाधि जितेकी थिइन् ।
अनुष्का मिस वर्ल्ड २०१९ को अन्तिम १२ सम्म पुग्न सफल भइन् । यस पटक मिस वर्ल्डको ताज भने जमैकाकी सुन्दरी टोनी-एन सिंहले पहिरिइन । फ्रान्सकी सुन्दरी ओफेली मेजिनो फर्स्ट रनर अप भइन भने भारतीय सुन्दरी सुमन राव सेकेन्ड रनर अप भइन ।







