गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा

जनपत्र
२९ मंसिर २०७६, आईतवार ०६:३२

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ । विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ ।

विमान पार्किङ क्षेत्रमा मार्किङको काम तीव्र पारिएको छ । त्यस्तै आगमन तथा प्रस्थान भवनतर्फ पनि छानो लगाउनेदेखि विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको विमानस्थल सुदृढीकरण कार्यान्वयन आयोजना एकाइ रूपन्देहीका प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*