परिवारको सल्लाहमा ‘बिग बोस १३’ छोड्दैछन् सलमान खान

जनपत्र
२७ मंसिर २०७६, शुक्रबार ०५:५८

चर्चित भारतीय टेलिभिजन शो ‘बिगबोस १३’ यतिबेला चर्चामा रहेको छ । यस शोको टीआरपी बढेसँगै निर्माताहरुले बिग बोस १३’ लाई थप पाँच हप्ता अगाडि बढाउने निर्णय गरेको हो । तसर्थ अब यो शो अब फेब्रुअरीमा सकिनेछ । बिग बोसको चौथो सिजनदेखि १३ सिजनसम्म सलमानले शो होस्ट गरिरहेका छन् ।

शोका प्रतियोगीबीच हुने झगडा, विवाद र त्यहाँको माहोलले सिर्जना गर्ने तनावका कारण सलमानले पछिल्ला केही सिजनहरुमा पटक पटक शो छोड्ने कुरा पनि बताउँदै आइरहेका थिए । तर हालै सार्वजनिक खबरहरुका अनुसार सलमानको स्वास्थ्य समस्याका कारण उनको परिवारले समेत सलमानलाई शो छोड्न भनेको छ ।

खबरहरुका अनुसार सलमान खान ट्राइजेमिनल न्यूरलजियाबाट पीडित छन् । यसै रोगका कारण सलमानका लागि तनाव लिनु र रिसाउनु घातक हुन सक्छ । यस रोगका बिरामीको अनुहारको मांशपेशी तन्किँदा भयानक पीडा हुन थाल्छ । अहिले ‘बिग बोस १३’ को शो होस्टका क्रममा सलमान निकै नै रिसाउने गरिरहेका छन् । तर हरेक पटक च्यानल तथा शोका निर्माताहरुले सलमानलाई मनाउँदै आइरहेका छन् । तर यस पटक भने सलमान शो छोड्ने कुरामा अडिग रहेका छन् । सलमानका आफन्तजनले निर्मातालाई छायाँकंनको क्रममा सलमानलाई धेरै तनाव नदिन चेतावनी दिएका छन् । साथै सलमानलाई छिट्टै नै यो शो छोड्न भनिरहेको छ । तसर्थ सलमानले उनको स्वास्थ्यलाई ध्यानमा राख्दै शो छोड्न सक्ने चर्चा छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*