हेटौंडामा दुर्घटना, १ जनाको मृत्यु २ जना घाइते

हेटौडा ९ पशुपति नगरमा रहेको नेपाल बैंक अगाडी मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बिरगंजबाट हेटौडा आउदै गरेको ना ४२ प ७५०६ न.को मोटरसाइकलले अन्दाजी ४५ वर्षकि महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपि मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
महिलाको परिचय खुलेको छैन । उपचारको लागि हेटौडा अस्पताल पुर्याइयकी महिलालाई अस्पतालले मृत घोषणा गरेको थियोे ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्साको पर्सागढी ६ का अन्दाजो ३० बर्षका कन्चन ठाकुरको टाउकोमा चोट लागेको र उनकोबअवस्था गम्भिर रहेको एसपि सिंहले जानकारी दिनुभयो ।
मोटरसाइकल पछाडी सवार भरतपुर १० बस्ने ३५ वर्षकि सर्मिला थापा मगरको खुट्टा र हातमा चोट लागेको र अवस्था मघ्यम रहेको बताइयको छ । घाइते दुबै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।