‘झिँगेदाउ’ मा केकीको यस्तो लुक्स

गएको असोज अन्तिममा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पछि अभिनेत्री केकी अधिकारीको व्यस्तता निकै बढेको छ । एक दशक लामो फिल्म करिअरमा पहिलो हिट फिल्म दिएकी उनी हालै अमेरिकामा भएको ‘ग्लोबल फिल्म अवार्ड’ र घनिष्ट साथी ऋचा शर्माको विवाहमा सहभागी भएपछि फिल्म ‘झिँगेदाउ’ को छायांकनका लागि भकुेन्डेबेसी पुगेकी छन् ।
फिल्मको सुटिङ ज्वाइन गरेसँगै उनको लुक्स सार्वजनिक गरिएको छ । यो फिल्ममा उनले एक विवाहित गाउँले महिलाको भूमिका निभाएकी छन् । निर्माण टिमले सार्वजनिक गरेको तस्विरमा केकीलाई सिउँदोमा सिन्दुर, हातमा रातो चुरा, गलामा हरियो पोते र रातो चौबन्दी चोलीमा ऐनामा हेर्दै गरेको देख्न सकिन्छ । टिपिकल नेपाली पहिरनमा उनी निकै सुन्दर देखिएकी छन् ।