‘माछा माछा’ को कमजोर ओपनिङ

गएको असोज अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार दयनिय भएको छ । हप्तैपिच्छे हलमा फेरिने आश गरिएका फिल्मले समेत बक्सअफिसमा आफ्नो जादू देखाउन सकेका छैनन् । कतिपयले यसको कारण जाडो मौसमलाई मानेका छन् । तर, केही भने राम्रा फिल्म बन्न नबनेका कारण दर्शक महँगो टिकट काटेर हल पुग्न छाडेको बताउँछन् ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘माछा माछा’ ले खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई केही हदसम्म भए पनि चलायमान बनाउने अपेक्षा गरिएको थियो । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका कारण फिल्म राम्रो बनेको हुनसक्ने कतिपयको अनुमान थियो । तर, ‘वर्ड अफ माउथ’ कमजोर हुँदा फिल्मले हलमा दर्शक तान्न सकेको छैन ।