मकवानपुरको वकैयामा जनप्रतिनिधि महिला र पत्रकार महिला विच अन्तर्क्रिया

जनपत्र
२३ मंसिर २०७६, सोमबार ०५:२०

बकैया गाउपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत वकैया गाउपालिकाका महिला जनप्रतिनिधि र महिला पत्रकार बीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

वकैया गाउपालिका उपाध्यक्ष सरला वाेलखेकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा मकवानपुर सचिवालय सदस्य लक्ष्मि माझी , नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरिता दहाल, जनप्रतिनिधिहरू गाेपिनि विक, जिराकुमारि दहाल, देविमाया जिम्वा, निर्मला राई, पत्रकार महासंघ मकवानपुरकी सहसचिव शुभलक्ष्मि विक, पत्रकारहरू नानिमैया सापकाेटा, सम्झना रिजाल, सिर्जना नेपाल, पविना लामा, अन्जलि थापा लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा जनप्रतिनिधि महिलाहरूलाई अाफ्नाे पारिवारिक जिवन र जनप्रतिनिधि भई काम गर्न सहजता असहजता तथा निर्णायक प्रक्रियामा अाफ्नाे भुमिका कतिकाे महत्वपुर्ण रहेकाे छ भन्ने विषयमा छलफल भएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*