पत्रकार गौतमलाई ‘म्युजिक खबर मोफसल रङ्ग पत्रकारिता सम्मान’
मकवानपुरको हेटौंडालाई कर्मथलो बनाएर करिब डेढ दशक देखि रङ्ग पत्रकारितामा कलम चलाएका सञ्चारकर्मी मणिराज गौतम काठमाडौंमा सम्मानित भएका छन्, । शुक्रबार काठमाडौंमा आयोजित आठौं म्युजिक खबर म्युजिक अवार्डको अवसरमा पत्रकार गौतमलाई म्युजिक खबर मोफसल रङ्ग पत्रकारिता सम्मान-२०७६ बाट सम्मानित भएका हुन्, ।
उनलाई चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, वरिष्ठ गीतकार रत्नशमसेर जवरा,वरिष्ठ कलाकार बशुन्धरा भुसाल, आयोजक संस्थाका अध्यक्ष सुमन पण्डित, सविता पोखरेल लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
विस २०६० सालबाट पहल साप्ताहिकमा रङ्ग पत्रकारिताको माध्यमले अगाडी बढेका गौतम हाल उनी रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर हुन भने चलचित्र पत्रकार संघ मकवानपुरको संस्थापक सचिव हाल अध्यक्षको भुमिका निर्वाह गरिरहेका छन्, । काठमाडौंबाट प्रकाशित फिल्मी खबर साप्ताहिकको सहसम्पादकको रुपमा कार्यरत गौतम आफैले न्यु मिडिया एकेडेमी प्रालि मार्फत सिधाखबर डटकम सञ्चालन गर्दै आइरहेका छन्, ।

उनले हाल सम्म चलचित्र पत्रकार संघ केन्द्रीय समितिले प्रदान गर्ने राष्ट्रिय पत्रकारिता अवार्ड, चलचित्र पत्रकार संघ मकवानपुरबाट सम्मान, इन्भेस्टिगेशन जर्नालिजम अवार्ड, पत्रकारिता पुरस्कार, नेशनल पावर न्युज म्युजिक पत्रकारिता अवार्ड लगायत विभिन्न पुरस्कार तथा सम्मान पाइसकेका छन्, । उनी हेटौंडाबाट पत्रकारहरुको प्रोत्साहन स्वरुप नेपालमा नै पहिलो चोटी नै विभिन्न विधाहरुमा रहि जर्नालिजम अवार्ड गर्दै आइरहेका छन्, ।






