यी हुन् चीनबारे निकै अनौठा २५ तथ्य

जनपत्र
२१ मंसिर २०७६, शनिबार ०७:०६

नेपालको शक्तिशाली छिमेकी चीनलाई तपाईंले कति नजिकबाट चिन्नुभएको छ ? शक्तिशाली जनसेना, वस्तुहरुको अत्यधिक उत्पादनजस्ता कुराहरु त सुन्नुभएको होला । कम्युनिष्ट राष्ट्र भनेर चिनिएको चीनमा केही यस्ता तथ्यहरु छन्, जुन हामीलाई झट्ट पत्याउन गाह्रो लाग्दछ । यहाँ हामी चीनको बारेमा केही यस्ता तथ्यहरुबारे जानकारी दिँदैछौं, जुन कुरा तपाईले अहिलेसम्म नसुन्नुभएको हुनपनि सक्छ ।

– चीनमा कुनै नयाँ व्यावसाय गर्न केवल ३८ दिनको समय लाग्दछ ।
– चीनको कुल जनसंख्याको ४३ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बस्दछन् ।

– चीनको अर्थतन्त्रलाई विश्वको सबैभन्दा शक्तिशाली अर्थव्यवस्था मानिन्छ तर, फेरि पनि विश्व बैंकद्वारा यसलाई अझै पनि एउटा विकासशील राष्ट्रको रुपमा मान्दछ ।
– चीनमा लगभग साँढे १३ करोड जनसंख्याले १ डलरभन्दा कम खर्च गरेर दिन बिताउँछन् ।
– चीन सरकारको एक चीन नीतिको ७५ प्रतिशतभन्दा बढी जनसंख्याले समर्थन गर्दछन् ।
– अमेरिकी सरकारको एक रिपोर्टका अनुसार, अमेरिकामा सरकारले कब्जामा लिइएको ७७ प्रतिशत वस्तुको स्रोत चीन हो ।

– चीनमा करिब १ तिहाईमात्र बयस्कहरु आफ्ना आमाबाबुसँग बस्दछन् ।

– २००९ मा Yum Brands ले चीनमा ५०० रेस्टुरेन्ट खोलेको थियो । यो एक अमेरिकी कम्पनी हो, जसले ट्याको बेल, पिज्जाहट, लङ्ग जोन सिल्भर, ए एन्ड डब्ल्यू तथा विंगस्ट्रीटको चेन चलाउँछ । चीनमा हाल कम्तिमा ३ हजार केएफसी आउटलेट्स छ । कम्पनीको दावी छ, उसले हरेक दिन एक नयाँ केएफसी रेस्टूरेन्ट खोलिरहेको छ ।

– अमेरिकाको कुल जनसंख्या भन्दा बढी चीनमा मोबाइल फोन रहेको छ ।
– चीनको प्रतिव्यक्ति आय जीडीपी १९८७ देखि आजसम्म आइपुग्दा १० गुणा बढिसकेको छ ।
– चीनमा मृत्यूदण्डको दर पूरै विश्वको भन्दा चार गुणा बढी छ ।
– चीनमा हरेक वर्ष ४५ बिलियन चपिस्टिक प्रयोग हुन्छ । यसका लागि प्रति वर्ष २ करोड रुख काटिने गरेको छ ।

– फेसबुक, ट्वीटर तथा न्यू योर्क टाइम्स चीनमा सन २००९ देखि ब्याण्ड गरिएको छ । यसका बाबजुद् पनि चीन साढे ९ करोड नागरिक फेसबुकसँग जोडिएका छन् ।

– कागजको पहिलो नोट चीनमा नै बनेको थियो । १४०० वर्ष पहिले नै यो अस्तित्वमा रहेको बताइन्छ ।
– चीनमा अझै पनि साढे तीन करोड मानिस गुफामा बस्छन् ।
– चीनका ७० करोड मानिस अझै पनि दुषित पानीको सहारामा जीवन गुजारिरहेका छन् ।
– चीनको कतिपय भूभागमा बिहान १० बजेपछि मात्रै सूर्योदय हुन्छ । किनकी चीनले पूरै देशभरी एउटै टाइम लागु गरेको छ । ठूलो देश भएकाले पूर्वमा उदाएको सूर्य पश्चिमी चीनमा उदाउन पुग्दा १० बजिसक्छ ।
– अमेरिकाको सन फ्रान्सिस्कोको एक तिहाई वायु प्रदुषण चीनबाट नै आउँछ ।
– चीन र मकाउको बीचमा एउटा यस्तो पूल छ, जहाँ कार लेफ्ट ह्याण्ड ड्राइभ गर्दा राईट ह्याण्ड र राईट ह्याण्ड ड्राई गर्दा लेफ्ट ह्याण्ड कन्भर्ट हुन्छ ।

– चीनमा हरेक ३० सेकेण्डमा एक बच्चा यस्तो जन्मिन्छ, जसको शरीरमा कहीँ न कहीँ खोट हुन्छ ।

– हरेक वर्ष १० लाख बालिकाहरु गर्भमै तुहाइन्छन् । एउटैमात्र बच्चा जन्माउन पाउने नीतिका कारण कम्तिमा १० हजार बालिकाहरुलाई जन्मपछि परिवारले छोडिदिने गरेका छन् । सोहिकारण २०२० सम्ममा चीनमा ३ देखि ४ करोड पुरुषहरु केटी नपाएर विवाहबाट बञ्चित हुनसक्ने अनुमान गरिएको छ ।

– इन्टरनेट एडिक्टहरुलाई सुधार्नका लागि चीनमा ट्रिटमेन्ट क्याम्पहरु सञ्चालनमा छन् ।
– यूरोपका सबै देशबाट जति नागरिक चर्च जान्छन्, त्यो भन्दा बढि चिनियँहरु हरेक आईतबार चर्च जाने गरेका छन् ।

– स्वादिष्ट भोजनको नाममा हरेक वर्ष चीनमा लगभग ४० लाख बिरालो खाइन्छ ।
– चीनमा फ्रडको अभियोगमा कम्पनी मालिकलाई मृत्युदण्डसम्मको सजाय दिनसक्ने व्यवस्था छ ।
– विश्वभरमा रहेका सुंगुरहरुमध्ये आधाभन्दा बढी त चीनमा मात्रै छन् ।
– यदि चीनको कुनै पनि भूभागमा गहिराईसम्म खनेर वारपार छेड्ने हो भने अर्जेन्टिना वा चिली पुगिन्छ ।

साझापोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*