मनहरीमा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘उपनिर्वाचनले पाटीलाई खतराको संकेत दियो’

जनपत्र
२० मंसिर २०७६, शुक्रबार १९:३२

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीले बिगतमा कम्युनिष्टकै गढ मानिएका क्षेत्रहरुमा पराजय ब्यहोर्नुलाई खतराको घण्टीको संज्ञा दिनु भएको छ ।

मकवानपुरको मनहरीमा शुक्रबार दिउँसो आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले आसन्न उपनिर्बाचनमा भक्तपुर, धरान र चितवनमा देखिएको परिणाम खतराको रुपमा रहेको उल्लेख गर्नुभयो । ‘हामीले पोखरामा जित्यौँ, दाङमा जित्यौँ भनेर उफ्रिने र मात्तिने बेला छैन’, नेता नेपालले भन्नुभयो–‘खतराको घण्टी बजेकाले निर्मम समिक्षा गरेर अघि बढ्नुको बिकल्प अब नेपाल कम्युनिष्ट पार्टीसँग छैन ।’

उहाँले केही दिनमै स्थायी कमिटीको बैठक बस्न लागेकाले उपनिर्वाचनको समिक्षासहित पार्टी एकताको सबै कामहरु टुङ्गिने विश्वास व्यक्त गर्नुभयो । स्थायी कमिटी बैठकले पोलिट्ब्यूरो कमिटी निर्माण गर्ने एजेण्डाले सार्थकता पाउने दाबी गर्नुभयो ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको एकताको लामो अबधि बितिसक्दा समेत एकतापछिका कतिपय कामहरु हुन नसकेकाले अब सरासर अधूरा कामहरु गर्न नसके नेकपा पछि पर्ने उहाँले बताउनुभयो । निश्चित दायरा बनाएर पोलिटब्यूरो कमिटी निर्माण गरिने बताउँदै नेता नेपालले त्यसलगत्तै मेची महाकाली जागरण तथा गाउँपालिका जागरणजस्ता कार्यक्रमहरु पार्टीले सञ्चालन गर्ने जानकारी दिनुभयो ।

नेपाल तत्कालीन प्रधानमन्त्री रहेका बेला २०६७ साल असार ८ गतेको मन्त्रीपरिषद बैठकले बस्ती सार्ने निर्णय गरी राप्तीपारिका दुईवटा वडालाई सरकारले राप्तीवारिपट्टि स्थानान्तरण गरिएको क्षेत्रमा समेत उहाँले अवलोकन गर्नु भएको थियो । सो क्रममा सीमान्तकृत बोटे समुदायका एकीकृत बस्ती तथा कृषि उपज र सडकहरु अवलोकन गर्दै नेता नेपाल कार्यक्रमस्थल पुग्नु भएको थियो । उहाँलाई स्थानान्तरण गरिएका बस्तीका बासिन्दाले थप पूर्वाधारहरु निर्माण गर्नका लागि मागपत्र समेत पेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्यहरु ओमबहादुर ग्लान, एकराज उप्रेती, संविधासभा सदस्य राजाराम स्याङ्तान, नेकपा मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठ लगायत नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको हो भने मनहरी गाउँ कमिटी सचिवालय सदस्य मनिला बिष्टले स्वागत गर्नु भएको थियो ।

बोटे बस्तीमा माधव नेपाल

प्रशिक्षण कार्यक्रममा सहभागी हुन मकवानपुरको मनहरी पुगेका नेता नेपाल रमौली प्रतापपुरमा रहेको बोटे बस्तीमा पुगेका छन् । त्यहाँ उनले सरकारले निर्माण गरिदिएको नमुना बस्तीको अवलोकन गरे ।

गाउँमा पुगेका नेतालाई बोटे समुदायले माछा मार्ने लाइसेन्स निकुञ्जले नवीकरण नगरिदिएको गुनासो गरे ।

सरकारले यस क्षेत्रमा रहेका १२ घर बोटे जातीलाई रमौंली प्रतापपुरमा जमिन सहित आवासको व्यवस्था गरिदिएको छ । उनीहरुलाई बस्ती स्थानान्तरणका समयमा ५ कठ्ठा जमिन दिने भने पनि नपाएको स्थानीयले गुनासो गरे ।

नेपाल प्रधानमन्त्री रहेका बेला २०६७ साल असार ८ गतेको मन्त्रिपरिषद बैठकले बस्ती सार्ने निर्णय गरी राप्तीपारिका दुईवटा वडालाई राप्तीवारी स्थानान्तरण गरेको थियो ।

नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी एकतापछि गठन भएको कमिटीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार मकवानपुरको मनहरी गाउँपालिकाको रमौली–प्रतापपुरमा भएको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टी कमिटी भद्दा भएको भन्दै रोष व्यक्त गरेका छन्।

मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले पार्टीको केन्द्रीय कमिटीदेखि स्थानीय तह कमिटीसम्म भद्दा राखेको बताए। उनले अबको महाधिवेशनपछि सबै कुरा परिवर्तन गर्ने बताए। उनले माओत्से तुङदेखि लेनिनसम्मले पनि संगठन छरितो बनाएको उदारहण दिँदै कम्युनिष्ट पार्टीको इतिहास हेर्दा पनि नेपालकमो नेकपाको केन्द्रीय कमिटीभन्दा थोरै र चुस्त भएको भन्दै अहिलेलाई संक्रमण कालको रूपमा लिनु पर्ने बताए। उनले कम्युनिष्ट पार्टीको सधैँ विरोध गर्नेहरूलाई पार्टीले ठूला पदमा पुर्‍याएको भन्दै यस्तो चलन बन्द गर्नुपर्ने बताए।

नेतृत्वले नयाँ ढंगले सोच्नु पर्छ

क्तिको भावानले लाग्नुपर्ने पनि बताए। समाजको रूपान्तरण गर्ने काम कम्युनिष्टले नै गर्नुपर्ने भन्दै जनताको कुरा उठाउनु पर्ने बताए। महरालाई इंगित गर्दै उनले भने, ‘जति बदमासी गरे पनि भयो, जति भ्रष्टाचार गरे पनि भयो, जाँड, रक्सी खाएर फुर्ती देखाए पनि भयो, जति नियम मिचे पनि भयो, जसरी पैसा कमाए पनि भयो, कुनै डर छैन, कुनै नियन्त्रण छैन, कुनै सुधार छैन, कुनै अनुगमन छैन, त्यसकारण यी सबैमा हामीले नयाँ ढंगले सोच्नु पर्ने बेला आएको छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*