हेटौंडाको हर्नामाडीमा विप्लप नेतृत्वको नेकपाद्वारा नेपालको नक्सा प्रर्दशन

हेटौंडा । हेटौंडा १८ हर्नामाडीमा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले आज नेपालको नम्सा प्रर्दशन गरेको छ । नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पासाङ र हेटौंडा नगर इन्जार्ज शिवको नेतृत्वमा नेपालको वास्तविक नक्सा प्रर्दशन गरिएको हो ।
कालापानीबाट भारतिय सेना लखेट्ने र नेपाली भुमि फिर्ता लिनका लाष्गि सवै एक जुट हुनका लागि विप्लप नेथतृत्वको माओवादीले आवहान गरेको छ । यस विषयमा जनता जागरुप हुनुपर्ने नगर इन्चार्ज शिवले वताउनुभयो । आजको कार्यक्रममा विप्लपका ४० जना नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।