बाँदरबाट बाली जोगाउन कुकुरलाई बाघ

हामीकहाँ पनि बाँदरले बालीनालीको नोक्सानी गरिदिएर हैरान बनाउँदछ । किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपाय अपनाउने गरेका छन् । अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाउने गरेका छन् ।
बाँदरको बदबासीबाट आजित भारतको कर्नाटकका एकजना किसानले चाहीँ बाँदर धपाउने अनौठो उपाय अपनाएका छन् ।ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएका छन् ।कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ रु ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ ।
खुसीको कुरा त के भने यो ‘बाघ’ आइडियाले निकै काम गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छ । कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएका छन् ।आशा गरौँ यो कुकुरले आफ्नो बाघ अवतार कायमै राख्नेछ । यसले बाँदरका अगाडि भुलेर पनि भुक्ने छैन । यदि भुक्न थाल्यो भने त बाँदरले पत्तो पाइहाल्ने छन् ।
ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् । एजेन्सीको सहायेगमा