भिटेनको नयाँ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियो सहित)
गीत सार्वजनिक भएको छाेटो समयमै भिटेन (समीर घिसिङ) को नयाँ गीत युट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा पर्न सफल भएको छ। आगामी एल्बम ‘सुपरस्टार’ एल्बमभित्रको पहिलो गीत ‘थाहा छैन’ले दर्शकको राम्रो माया र प्रतिकृया पाएको छ ।
र्याप संगीतमा आफ्नो अलग छाप छोड्न सफल भिटेनको गीत र भिटेनको गायन शैलीको प्रशंसा गरिएको छ। भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने जुन गीतमा अश्लील शब्दहरू प्रयोग गरिएको आरोपमा गत कात्तिक महिनाको पहिलो हप्ता पक्राउ परेका थिए। रिहाइपछि सार्वजनिक यो नै उनको पहिलो गीत हो।
उनका कतिपय गीत करोडभन्दा बढी हेरिएको रेकर्ड छ। एक वर्षअघि रिलिज ‘सिमसिमे पानीमा’ गीत ३० लाखचोटि हेरिएको छ। नौ महिनाअघि रिलिज ‘साइको’ गीत ८० लाखपटक हेरिएको छ।







