सामाजिक विकास अभिमुखीकरण

जनपत्र
१९ मंसिर २०७६, बिहीबार २१:५२

हेटौंडा । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा आज देखि चितवन जिल्ला समन्वय समितिको हलमा सामाजिक विकास अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षता तथा प्रदेशका शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घश्याम दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सामाजिक विकाश मन्त्रालय महिला तथा बालबालिका महासाखाका आठौ तहका अधिकृत चन्द्रकुमारी व्यञ्जनकारले सञ्चालन गर्नु भएको कार्यक्रममा महाँसाखाका प्रमुख इन्दिरा ओझाले कार्यक्रममा स्वागत तथा उदेश्यमाथी प्रकास पार्नुभएको थियो ।

दुइदिन सम्मको कार्यक्रममा मकवानपुर, चितवन, धादिङ्ग जिल्लाका स्थानीय तहका सामाजिक विकास साखा र महिला तथा बालबालिका साखाका ३० जना कर्मचारीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*