‘सरौतो’ : सुमीको एक्सन राम्रो तर पटकथामा कमजोरी

जनपत्र
१८ मंसिर २०७६, बुधबार ०६:५४

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सरौतो’ ले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको थियो । तर, यो फिल्मलाई पनि दर्शकले पत्याएका छैनन् ।
पटक पटक प्रदर्शन मिति सर्दा रिलिजपूर्व खासै राम्रो हाइप बनाउन नसकेको फिल्मले सुरुवाती दिनदेखि नै दर्शकको चर्को अभाव झेल्दै आएको छ । फिल्म हेर्ने दर्शक नहुँदा मल्टीप्लेक्सहरुले दिनहुँ सोज घटाइरहेका छन् । सिंगल थिएटरमा पनि त्यस्तै हालत छ । वितरक कम्पनीले भने चिसो मौसमका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुन नसकेको बताएको छ ।

चर्चित छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा अभिनेत्री सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन् । बहिरा युवतीको भूमिकामा रहेकी उनलाई फिल्ममा एक्सन अवतारमा प्रस्तुत गरिएको छ । एक्सनमा आफूलाई ढाल्न उनले डेढ वर्ष मार्सल आर्टको तालिम लिएकी थिइन् । उनको त्यो मेहनत पर्दामा देखिन्छ । फिल्ममा उनले प्रशंसायोग्य काम गरेकी छन् ।

सुमीको एक्सनले फिल्मको धेरै कमी(कमजोरीलाई भुलाउँछ । तर, उनको अभिनयले भने उत्तिसाह्रो मन छुँदैन । यद्यपि, उनले एक्सनमा राम्रो सम्भावना देखाएकी छन् । ‘सरौतो’ चुकेको भनेको कथा, पटकथा र प्रस्तुतीमा हो । कथामा नयाँपन छैन । वर्षौदेखि हेर्दै आएको कथालाई नयाँ आवरणमा पेश गरिएको छ । फिल्म हेर्दै जाँदा कथा कहाँ मोडिन्छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*