‘‘दीगो विकासको लक्ष्य अपाङ्गमैत्री भविष्य”

चन्द्रकुमारी व्यञ्जनकार
१७ मंसिर २०७६, मंगलवार १५:०९

२८ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस भव्यरुपमा सफल पारौं भन्ने नाराका साथ हेटौंडामा सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको छ ।
“अपाङ्गता भएका व्यक्ति” भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा प“र्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी ह’न बाधा भएका व्यक्ति सम्झन’ पर्छ .(अपांगता भएका व्यक्तिको अधिकार ऐन, २0७४)
ऐनमा भएको बर्गिकरण

१ शारिरीक अपाङ्गता
२ दृष्टी सम्वन्धी अपाङ्गता
क दृष्टी विहीनता
ख न्यून दृष्टी विहीनता
ग पूर्ण दृष्टीविहीन
३ सुनाइ सम्वन्धी अपाङ्गता
क बहिरा

४ श्रवण दृष्टीबिहीन अपाङ्गता
५ स्वर बोलाई सम्वन्धी अपाङ्गता
६ मानसिक वा मनोसामाजिक अपाङ्गता
७ बौद्धिक अपाङ्गता
८ अनुवंशीय रक्तश्राव (हेमोफिलिया सम्वन्धी )अपाङ्गता
९ अटिज्म सम्वन्धी अपाङ्गता
१० बहुअपाङ्गता

अन्तराष्ट्रिय प्रतिवद्धता

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र स्वेच्छिक आलेखलाई ग्ल् साधारण सभाबाट १३ डिसेम्बर, २००६ मा पारित गरी २००८ देखि कार्यान्वयनमा आएको तथा नेपालको संसदबाट २००९ मा पारित भएपछि २०१० बाट कानुनी, संस्थागत र व्यवहारिकरूपमा कार्यान्वयन गर्न प्रयासरत रहेको । दिगो विकासका लक्ष्यहरु ( सन् २०१६ देखि २०३०) मा नेपालको प्रतिवद्धता

संवैधानिक व्यवस्था
क. नेपालको संविधान (२०७२)
समानताको हक, (१८)
शिक्षासम्बन्धी हक
– अपाङ्गता भएका र आर्थिकरूपमा विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क र उच्च शिक्षा।
– साङ्केतिक भाषाका माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा
सामाजिक न्यायका हक
– राज्यका निकायमा समावेशी सहभागिता ।
– अपाङ्गताको विविधताको पहिचानसहित सार्वजनिक सेवा र सुविधामा समान पहुँच
– लोकतन्त्रका लागि योगदान दिएका अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास सामाजिक सुरक्षामा प्राथमिकता।
राष्ठ्रिय समावेशी आयोग ।
राजनीतिक अधिकार ।
– प्रदेशले राष्ट्रिय सभाका लागि छानेर पठाउने ड जना सदस्यमध्ये अल्पसङ्ख्यक वा अपाङगता भएका व्यक्तिबाट ज्ञ जना ( डट(द्द) क) ।
– राजनीतिक दलले उम्मेदवारी दिँदा अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व ज्ञठट(ठ)

अपाङ्गता भएका नागरिकहरुको संरक्षण र सशक्तीकरण गर्ने –प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोग प्रदेश नं ३, हेटौंडा २०७५ पहिलो आवधिक योजना आ व २०७६। ०७७ –२०८०।८१
यसरी संविधान, विभिन्न कानुन, नीति नियम अनसार अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण,प्रवर्धन तथा सशक्तिकरणको लागि सामाजिक विकास मन्त्रालय प्रदेश नं ३, हेटौडा वाट आ व २०७५।०७६ मा अपाङ्गता क्षेत्रमा विभिन्न कार्यक्रमहरु गरेका थिएः
क)अपाङ्ग सुचना केन्द्र संचालन
ख)अपाङ्गता भएका व्यक्तिको अवस्था सम्भावना र भावी दिगो कार्य दिशा तय गर्न योजना र मापदण्ड
निर्माण गरी स्वरोजगार तथा सीपमुलक तालिम संचालन – १३ जिल्ला सहभागिता हुने गरे ४
कलष्टरमा सीप बिकास तालिम सम्पन्न भएको थियो ।
ग)विभिन्न दिवसीय कार्यक्रमहरु मध्ये अपाङ्ग दिवस सम्पन्न भएको थियो ।

त्यसै गरि आ व २०७६।०७७ मा अपाङ्गता क्षेत्रमा निम्नानुसार कार्यक्रम रहेको सम्पुर्णालाई जानकारी गराईन्छः

क)अपाङ्ग सुचना केन्द्र संचालन
ख विभिन्न दिवसीय कार्यक्रमहरु मध्ये अपाङ्ग दिवस सम्पन्न भएको थियो ।
ग) प्रदेश स्थतरीय अपाङ्गगता भएका व्यक्तिहरुको समिति गठन तथा व्यवस्थापन
घ)अपाङ्गता भएका व्यक्तिहरुको लागि सञ्चालित संघ संस्था अनुदान कार्यक्रम
ङ) समुदायमा आधारित पुनःस्थापना कार्यक्रम ११९ तह रु ३ लाखको दर बिनियोजन भएको छ अपाङ्गता भएका व्यक्तिहरुका अनुसार प्रदेश नं ३ को नमुना कार्यक्रमको रुपमा रहेको विचार व्यक्त गरेका थिए ।
च)अपाङ्गता भएका व्यक्तिहरुको उपचार, थेरापी, कृत्रिम अंग राख्न र अपङ्गगता भएका ब्यक्तिहरुको लागि सहायक
सामग्री निर्माण तथा वितरणको लागि पनि बजेत विनियोजन भएको छ ।
भौतिक संरचना निर्माण अपाङ्गता मैत्री भए नभएको अनुगमन तथा साथ सम्पर्क,अन्य अपाङ्गगताको क्षेत्रमा काम गर्ने संघ संस्थासंग समन्वय सहयोग र अनुगमन आदि

कुनै वेला जनगणनामा अपाङ्गता भएका व्यक्तिहरु छुटेकाले ’’मलाई गणना गर, समावेस गर मलार्इ ’’भन्ने नारा पनि बनेको थियो । ऐन,कानुन,निती नियम,कार्यक्रम बनाउनेहरुले पनि अपाङ्गता भएका व्यक्तिहरुलाई महत्व दिएर चाहे कानुन होस , चाहे कार्यक्रम होस चाहे भौतिक संरचनाका निर्माण होस जुनसुकैमा अपाङ्गमैत्री बनाउनु पर्ने,बनायौं भने मात्र नारा सफल हुन्छ भन्ने लाग्छ ।

जनपत्रका लेखक प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयका आठौ तहका महिला विकास अधिकृत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*