बाग्लुङमा कुलपूजा गर्न छुटेकाे जीप दुर्घटना, १४ जनाको मृत्यु
गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इस्मा गाउँपालिका ४ दोहोलीबाट कुलपूजाका लागि बाग्लुङ गएका जीप दुर्घटना परेको वडाध्यक्ष गनुप्रसाद आचार्यले जानकारी दिए। मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ नम्बरको जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। प्रहरी निरीक्षक सुरज खड्का नेतृत्व प्रहरी टोली घटनास्थलमा खटिएको छ। खड्काअनुसार घटनामा परी तीन जना घाइते भएका छन्। एक जना बेपत्ता छन्, । जीपका चालकको पनि मृत्यु भइसकेकाले घटना कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।







